News Category 2076/02/05
मिडिया काउन्सील विधेयक संशोधन गर्न सरकार तयार
दैनिक समाचारदाता
काठमाडौं, ५ जेठ ।
संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको ‘मिडिया काउन्सील विधेयक’ संशोधन गर्न सरकार तयार भएको छ ।
विधेयक पारित भए प्रेस स्वतन्त्रता संकुचन हुने भन्दै पत्रकारहरु आन्दोलित भएपछि सरकार संशोधन गर्न तयार भएको हो ।
नेपाल पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बन्धित संघ संस्थाहरुले विधेयक फिर्ता लिनुपर्ने मागका साथ आन्दोलन गरिरहँदा सरकारले विधेयक फिर्ता नलिने तर संशोधन गर्ने मध्यमार्गी बाटो रोजेको छ । आईतबार विहान नेकपाको कार्यालय धुम्बाराहीमा नेकपाका नेता र प्रेस संगठनका नेताहरुबीच भएको छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले विधेयक संशोधन हुने बताए ।
प्रतिपक्षी नेपाली कांग्रेसले समेत मिडिया काउन्सील विधेयकलाई आन्दोलनको एजेण्डा बनाएपछि यो समस्यालाई कसरी समाधान गर्ने भनेर सत्तारुढ नेकपाले आईतबार विहान छलफल गरेको थियो । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, योगेश भट्टराई, पम्फा भुषाल लगायतका नेकपाका नेता र प्रेस संगठनका नेताहरु सहभागी बैठकमा अधिकांशले विधेयकलाई संशोधन गर्नुपर्ने सुझाव दिएको सहभागी एक सदस्यले जानकारी दिए ।
छलफलमा सञ्चारमन्त्री बास्कोटाले विधेयकको बचाउ गरेका थिए । उनले विधेयक सरकारले सफा नियतका साथ लिएको भए पनि त्यसको विरोध भएको बताउँदै सरकार संशोधन गर्न तयार रहेको बताए ।
आईतबार विहान भएको छलफलबाट यो प्रक्रियालाई कसरी टुंग्याउने भन्ने बाटो समेत पहिल्याईको एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार अब ‘मिडिया काउन्सील विधेयकका केही प्रावधान प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने खालका छन्’ भन्दै प्रेस संगठनले सञ्चारमत्री बास्कोटालाई ज्ञापन पत्र बुझाउने छ । ‘त्यो ज्ञापन पत्रमा विधेयकका कुन कुन बुँदा संशोधन गर्नुपर्ने हो, त्यो प्रष्टसँग लेखिनेछ,’ एक सदस्यले भने, ‘सकेसम्म समाचार लेखे बापत कारबाहीका बुँदाहरु संशोधन हुनेछन् ।’
प्रेस संगठनको ज्ञापन पत्र बुझेपछि सञ्चारमन्त्री बास्कोटाले सार्वजनिक रुपमा विधेयक संशोधन गर्ने सरकारी प्रतिबद्धता राख्नेछन् । त्यसै सार्वजनिक प्रतिबद्धताअनुसार पत्रकार महासंघलगायत आन्दोलनरत पक्षले आन्दोलन स्थगित गर्ने सरकारको विश्वास छ । प्रेस संगठनले बुझाएको ज्ञापन पत्र र सञ्चारमन्त्री बास्कोटाले सार्वजनिक रुपमा राखेको प्रतिबद्धताका आधारमा नेकपाका सांसदहरुले नै मिडिया काउन्सील विधेयक संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्नेछन् ।
सोही संबोधनका आधारमा विधेयकलाई परिमार्जन गरेर पास गर्न नेकपा लागिपर्ने आईतबार विहानको छलफलको निष्कर्ष रहेको सहभागीले जानकारी दिएका छन् । विधेयकलाई आवश्यक परिमार्जनसहिन पारित गर्न पूर्वसभामुख समेत रहेका नेकपाका नेता सुवास चन्द्र नेम्वाङले समन्वय गर्ने भएका छन् । सरकारले वैशाख २७ गते मिडिया काउन्सील विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ