News Category 2076/02/08
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
.jpg)
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत सात दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजना जेठ १ गतेदेखि ७ गते सम्म राष्ट्रिय पोषण सप्ताहा सम्पन्न भएको हो ।
जिल्लाका ६४ वटा समुदायिक बिद्यालयका छात्र÷छात्रा र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागितामा सम्पन्न पोषण सप्ताहा अन्तरगत बिद्यालय स्वास्थ्य पोषण सप्ताहा, हाजरी जवाफ प्रतियोगिता, पोषण प्रर्दशनी लगायतको कार्यक्रम गरिएको सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देवले जानकारी दिएका छन् ।
राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत पहिलो दिन पोषण प्रर्दशनी, दोश्रो दिन स्वास्थ्य शिक्षा, तेश्रो, चौथो र पाँचौ दिन कक्षा १ देखि कक्षा १० सम्मका छात्र÷छात्रा तथा बालबालिकाहरुलाई जुकाको औषधी (एलबेन्डा जोल) खुवाइएको उनले बताए । सोही क्रममा स्वास्थ्य जाँच समेत गरिएको तथा अतरिक्त क्रियाकलाप र बिभिन्न बिद्यालयको सरसफाई समेत गरिएको उनले बताए ।
सो अभियान अन्र्तगत छैठों दिन बिद्यालय स्तरमा प्राथमिक तहका छात्र÷छात्राहरुलाई सहभागिता गराई हाजरी जवाफ प्रतियोगिता गर्नुको साथै सातौ दिन पालिकास्तरीय हाजरीजवाफ प्रतियोगिताको आयोजना गरि प्रथम, द्धितिय, तृतिय हुनेहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।
प्रथम हुने समूहलाई तिन खाना भएको टिफिन, दोश्रो हुनेलाई दुई खानाको टिफिन र तेश्रो हुनेलाई पानी खाने बोतल प्रदान गरिएको छ भने सान्त्वना पुरस्कार पाउनेलाई दातमाझ्ने ब्रस र एउटा पेस्ट प्रदान गरिएको सेभ द सप्तरीका सुपरभाइजर मोनीका मिश्रले जानकारी दिए ।
सो कार्यक्रममा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिका तथा राजविराज नगरपालिकाको करिब ६ वटा वडाका सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका, बालबालिका र स्वास्थ्य चौकीका स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादव, ललिता मण्डल, सुपरभाइजर मोनीका मिश्र, समुदायिक परिचालक मिठु झा, कासिन्द्र खंग, जितेन्द्र प्रसाद देव, राम कुमार राम, बिनिता यादव लगायतकाले कार्यक्रमको अनुगमन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ