News Category 2076/02/08
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका जटिल प्रकृतिका समस्यामा परि पीडित तथा आश्रित परिवारलाई आवश्यक सहयोग गर्न सप्तरीमा आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षता तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामी हेल्भेटास्को आयोजनामा बुधबार आयोजित बैदेशिक रोजगार प्रवद्र्धनका लागि एक दिने अन्तरपालिका स्तरिय बैठकबाट आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरिएको हो ।
सम्पन्न बैठकमा वक्ताहरुले नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधनगरि एजेन्टको व्यवस्था खारेज गरे पनि स्थानिय समुदायका युवाहरु वैदेशिक रोजगारीमा जाँदा गैर कानुनी रुपमा काम गर्ने दलाल मार्फत जाने गर्दा समस्यामा पर्ने गरेकाले वैदेशिक रोजगार ऐन अनुरुप नै वैदेशिक रोजगारलाई सुरक्षित तथा मर्यादित बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
बैठकमा सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले वैदेशिक रोजगारले रोजगारी सृजना गरेकोले धेरै सकारात्मक पक्षहरु हुदाहुदै पनि जिल्लाबाट बैदेशिक रोजगारमा जाने युवाहरु दलाललाई अत्याधिक विश्वास गर्ने गरेको र सूचना नलिई जाने गरेकोले तथा सीप अभावले यूवाहरु ठगिमा पर्ने प्रबृती समेत बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले गैर कानुनी रुपमा ठगि गरेका कैयौं दलालहरुलाई ठगि मुद्दा समेत चलाईएको जानकारी दिए ।
आर्थिक रुपमा विपन्न व्यक्तिहरु रोजगारीका लागि विदेश जाने गरेको तर, विभिन्न कारणले समस्या पर्दा घर फर्कन नसक्ने, श्रम अवधी कटेका आश्रित परिवारले आर्थिक सहायता तथा क्षतिपुर्ती नपाउने र तीनका परिवारका वालवालिकाहरुको शैक्षिक विकासमा सहयोग गर्न नसकिने लगायतका अवस्थाहरु देखिएकाले जिल्लाका सबै स्थानिय सरकारले संयुक्त रुपमा आकस्मिक कोष निर्देशिका बनाई प्रथम चरणमा प्रति स्थानिय सरकार १ लाखका दरले जम्मा गरि कोषको स्थापना गर्न सहमति भएको जनाइएको छ ।
त्यसैगरि स्थानिय सरकारले वैदेशिक रोजगारीमा जाने, अनुभव लिई फर्केका र तिनका परिवारका सदस्यलाई लक्षित गरि सीप विकास गर्नुको साथै उत्पादन मुलक क्षेत्रमा विप्रेषणको प्रयोग गर्ने विषयमा समेत जोड दिएका थिए ।
वैदेशिक रोजगारीका लागि करिब ७ बर्ष अधि गएको साविक बरही विरपुर वडा नं. ३ बस्ने महेश सदालाई मलेशियाबाट तत्काल उद्धार गर्नुपर्ने र सोका लागि आप्रवासी श्रोतकेन्द्रले निरन्तर प्रयास गर्दै आएको विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।
स्थानिय सरकारका प्रमुख तथा प्रशासकिय अधिकृतहरुको सहभागितामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख राजेन्द्र विष्ट, गैर सरकारी संस्था महासंघ तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरी, सामी हेल्भेटास नेपालकाका प्रतिनिधी सहितको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ