News Category 2076/02/09
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण
.jpg)
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
वैदेशिक रोजगारको क्रममा घटिरहेका घटना, समस्या तथा चुनौतिको विषयमा छलफल तथा कानुनी व्यवस्थाहरुको बारेमा जानकारी दिने उद्देश्यले बिहीबार राजविराजमा स्थानिय तहका न्यायिक समितिका पदाधीकारीहरुलाई अभिमुखिकरण दिईएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा आयोजित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत अभिमूखीकरणमा कार्यक्रम संयोजक रामप्रमेश मण्डलले सहजीकरण तथा वैदेशिक रोजगारको वर्तमान अवस्था र कानुनी व्यवस्थाको वारेमा सहजीकरण गरेका थिए ।
आ.ब. २०६५÷६६ देखि चालु आ.ब. सम्ममा बैदेशिक रोजगारका क्रममा जिल्लाबाट गएका मध्येबाट १ सय ४२ युवाहरुले ज्यान गुमाएको कार्यक्रममा जानकारी दिइएको छ ।
वैदेशिक रोजगारको विषयमा व्यापक सूचना प्रवाह, सीप तालिम तथा न्यायमा पहुँच बढाउनका लागि स्थानिय सरकारले पनि आप्mना लक्षित कार्यक्रमको माध्यमबाट सुरक्षित तथा लाभदायी वैदेशिक रोजगारीका लागि काम गर्ने कार्यक्रमबाट निष्कर्ष निकालिएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतमा आयोजित अभिमूखीकरणमा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेल, राजगढ गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, तिलाडी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका प्रमुखलगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ