News Category 2076/02/09
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
वैदेशिक रोजगारको क्रममा घटिरहेका घटना, समस्या तथा चुनौतिको विषयमा छलफल तथा कानुनी व्यवस्थाहरुको बारेमा जानकारी दिने उद्देश्यले बिहीबार राजविराजमा स्थानिय तहका न्यायिक समितिका पदाधीकारीहरुलाई अभिमुखिकरण दिईएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा आयोजित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत अभिमूखीकरणमा कार्यक्रम संयोजक रामप्रमेश मण्डलले सहजीकरण तथा वैदेशिक रोजगारको वर्तमान अवस्था र कानुनी व्यवस्थाको वारेमा सहजीकरण गरेका थिए ।
आ.ब. २०६५÷६६ देखि चालु आ.ब. सम्ममा बैदेशिक रोजगारका क्रममा जिल्लाबाट गएका मध्येबाट १ सय ४२ युवाहरुले ज्यान गुमाएको कार्यक्रममा जानकारी दिइएको छ ।
वैदेशिक रोजगारको विषयमा व्यापक सूचना प्रवाह, सीप तालिम तथा न्यायमा पहुँच बढाउनका लागि स्थानिय सरकारले पनि आप्mना लक्षित कार्यक्रमको माध्यमबाट सुरक्षित तथा लाभदायी वैदेशिक रोजगारीका लागि काम गर्ने कार्यक्रमबाट निष्कर्ष निकालिएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतमा आयोजित अभिमूखीकरणमा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेल, राजगढ गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, तिलाडी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका प्रमुखलगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ