News Category 2076/02/09
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
निर्माण ब्यबसायीहरू हित बिपरित नियमावली ल्याएको भन्दै निर्माण ब्यबसायीहरू आन्दोलित भइरहेको बेला सप्तरीका निर्माण व्यवसायीहरुले पनि विभिन्न माँग राख्दै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल सरकारद्वारा निर्माण ब्यबसायीहरूको सार्वजनिक खरिद छैठौ नियमावली ०७५ राजपत्रमा प्रकाशित भएपछि प्रावधान प्रति तिब्र असन्तुष्टी जनाउँदै सो प्रावधान सच्याउन माँग गर्दै निर्माण व्यवसयाीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउनु अघि निमार्ण ब्यबसायी सँघ सप्तरीको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एनेश्वर दासले नेपाल राजपत्र प्रकाशित सार्वजनिक खरिद नियमावलीमा साह्रेै नकारात्मक असर हुने प्रावधान राखिएकोमा महासँघको गम्भीर आपत्ति रहेको बताए ।
उनले नियम ४९ (क) मा भएको संशोधनले ऐन बमोजिम कालो सुचीमा परेको ब्यक्ती ,फर्म संस्था वा कम्पन्नीको संचालकले आप्mनो पुर्ण वा आंशिक स्वामित्वमा बोलपत्र पेश गरि कारोवार गर्न नपाईने प्रावधान कानुन बिपरित रहेकोले सो सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी गराएका थिए ।
ज्ञापनपत्रमा सो ब्यबस्था तत्काल खारेज गरि जुन फर्म र कम्पन्नी कालो सुचीमा परेको छ त्यस्तालाई मात्र कारवाहीको ब्यबस्था हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै संशोधन गरीएको नियमावली नियम ६५ मा निर्माण ब्यबसायीहरूले साधन स्रोत बमोजिम बार्षिक टर्न बेस्ट अफ थ्रि ईयरको अनुभव समेतको २० गुणाको हुनुपर्ने ज्ञापनपत्र मार्फत माँग गरिएको छ ।
ज्ञापनपत्र मार्फत निर्माण ब्यबसायीहरूको लागि सार्वजनिक खरिद छैठौ संशोधन नियमावली ०७५ मा गरिएको संशोधनहरू ७ दिन भित्र संशोधन वा खारेज नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत निर्माण ब्यवसायीहरूको ईजाजत पत्र समेत सरकारलाई बुझाउने, सम्पुर्ण कार्यालयबाट प्रकाशित भएका बोलपत्रहरू बहिष्कार गर्ने, हाल संचालनमा रहेका बिकास निर्माणका कार्यहरू रोकी, हेबी यन्त्र उपकरण सडकमा राख्ने लगायतका बिरोध कार्यक्रम संचालन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ