News Category 2076/02/12
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
राजविराज÷राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले सप्तरीको जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत रहेको बताएका छन् ।
शनिबार राजविराजमा जिल्लाका संचारकर्मीहरुसँग भटघाटका क्रममा उनले जिल्लाको समस्या समाधान र विकासका निम्ति आफू जहिले पनि प्रयासरत रहिरहने बताए ।
संचारकर्मीहरुको एक जिज्ञासामा राजविराजमा रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान संचालन हुनेमा कसैले शंका नगर्न भन्दै दुई तिन दिनमै यसको अनुभुती हुनेमा जिल्लावासीलाई विस्वस्त हुन आग्रह गरे ।
राष्ट्रिय सभा सदस्य प्याकुरेलले मिडिया विधेयक प्रति सरकार गम्भिर रहेको भन्दै यसप्रति संचारकर्मीहरुलाई कुनै आंशका नगर्न आग्रह गरे । उनले मिडिया विधेयकले संचारकर्मीहरुप्रति कुनै प्रकारको विभेद नगर्ने तथा संचारकर्मीहरुले सो विधेयकमाथी संशोधन गर्नका लागि उठाएका बुँदालाई सरकारले संसदमा छलफल गरेर जिम्मेवारपूर्वक संशोधन गर्न बताए ।
नेकपाका प्रदेश २ सचिव समेत रहेको राष्ट्रिय सभाका सदस्य प्याकुरेलले जिल्लाको समग्र विकासमा नेकपाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई तिहाईको बहुमत रहेको नेकपाले मुलुकमा सात मध्येृ ६ प्रदेशमा सरकार चलाइरहेको भन्दै प्रदेश २ मा समेत ठूलो पार्टी रहेको स्मरण गराए ।
संचारकर्मी भेटघाटका क्रममा प्रदेश २ का सदस्य हिरण्य कुमार गुप्ता, सुखराम यादव लगायत पार्टीका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ