News Category 2076/02/12
सप्तरीका ९० परिवार सम्पर्कविहीन
राजविराज÷वर्षायाममा पानीको मुहान नै थुन्ने गरि भारतीय पक्षले एकतर्फ रुपमा बनाउने बाँधका कारण जिल्लाको विभिन्न भुभाग डुवानमा पर्ने गरेको समस्या समाधान हुन नपाउँदै पुनः त्यस्तै प्रकृतिको व्यवहारले हनुमाननगर कांकालिनी नगरपालिकाको ९० परिवार सम्पर्क बिहीन भएका छन् ।
पछिल्लो पटक कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा हनुमाननगर कंकालनी नगरपालिका १२ गोबरगाढा गाउँका ९० परिवार सम्पर्क बिहीन भएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहका अनुसार उक्त बस्तीको पश्चिमतर्फबाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो । उक्त च्यानलमा पानी छोड्दा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्नेमा भारतीय पक्षले सो बारे कुनै जानकारी नै नगराई एक्कासी पानी छोडेपछि त्यस क्षेत्रका बासिन्दाको यस्तो हाल भएको हो ।
आपत्तकालिन बचाऊका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगाहरु समेत पानीले बगाएर लगेको साहले जानकारी दिएका छन् । यसका अतिरिक्त गाउँलेहरुले घरआंगनमा राखेको काठ, दाउराका साथै केही पशुचौपायसमेत पानीको बेगले बगाएर लगेको प्रमुख साहले जानकारी दिएका छन् ।
सम्पर्क बिहीन भएकाहरुसँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, “तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।” उनले यस्तै अवस्था जारि रहे स्थिति झन विकराल हुने अवस्था देखिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ