News Category 2076/02/13
दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका सडक खण्डमा शनिबार राती मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
राती ८ बजेतीर पश्चिमबाट पूर्व तर्फ आइरहेको स.१त.७४०४ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.५प. ४०५ नम्बरको मोटरसाइकल रुपनी गाउँपालिका ६ जगमोहन चौक नजिकै एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको कंचनरुप नगरपालिका ११ निवासी २२ वर्षिय मनिष चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सीटमा सवार सोही वडा निवासी २० वर्षिय सत्ये माझी गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको डिएसपी भावेष रिमालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ