News Category 2076/02/13
रामनगरका ५ सय परिवारले बल्ल बत्ति बाल्न पाए
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ५ मा सोमबार विद्युतीकरण कार्य सम्पन्न भएको छ ।
गत आर्थिक वर्षदेखी नै “उज्याला क्रान्ति” को नाम दिएर गाउँपालिका अध्यक्ष दयानन्द गोइतले थालेका विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । सो वडामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गोइतले बत्ति बालेर बिद्युतीकरणको शुभारम्भ गरे ।
साविकको रामनगर गाविस हाल बलान विहुल गाउँपालिका वडा नं. ५का ५ सय घरपरिवारले सोमबारदेखी बत्तिको उज्यालो पाएका छन् । चालु आर्थिक वर्षमै बाँकी रहेको एउटा वडाको दुई टोलमा बाँकी रहेको विद्युतीकरणको काम सम्पन्न गरेर गाउँपालिकालाई विद्युतीकरण घोषणा गरिने जनाइएको छ ।
जिल्लाको अति दुर्गम र विकासबाट बञ्चित रहेको उक्त गाउँपालिकामा गत आर्थिक वर्षदेखी द्रुत गतिमा बिकासीय कार्यलाई अगाडी बढाइरहेको अध्यक्ष गोइतले बताए । यस्तै सो गाउँपालिकामा सडक बिस्तारको कार्य समेत सम्पन्न भइसकेको छ ।
बिजुली बत्ति र सडक विस्तारमा गाउँपालिकाले अधिंकाश बजेट बिनियोजित गरेर जनतालाई विकासको अनुभूती गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ