News Category 2076/02/14
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सप्तरीका उद्योगि व्यवसायीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि बिदाई तथा सम्मान गरेको छ ।
आफ्नो झण्डै ११ महिने कार्यकालमा जिल्लामा शान्ति सुरक्षाको अवस्था सृदृढ पारेको र नागरिक–प्रहरीको सम्बन्ध सुमधुर बनाएको भन्दै उद्योगी व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघ सप्तरीले उनलाई सम्मान र बिदाई गरेको हो ।
संघका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक विष्टले सुरक्षित समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर बनाउने काम गरेकोले सम्मानसहित बिदाई कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रहरी उपरिक्षक विष्टले जिल्लामा भएका कतिपय घटना र विवादलाई नागरिकको समन्वयबाट समाधान गर्ने अवसर पाएकोमा आत्मसन्तुष्टि मिलेको सुनाए । उनले जागिर जिवनमा यहाँबाट पाएको सद्भाव, सहयोग र सम्मान नै आफ्नो सम्पत्ति भएको सुनाए ।
प्रहरी उपरिक्षक विष्टको सप्तरीबाट पोखरा सरुवा भएको छ । तीन दिनपछि कार्यक्षेत्रमा जान लागेका विष्टको स्थानमा मनोज कुमार यादव नयाँ एसपीको रुपमा आउँदैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ