News Category 2076/02/14
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त
दैनिक समाचारदाता
राजबिराज, १४ जेठ ।
राजविराज नगरपालिकाले एकातिर छाडा पुश चौपाया नियन्त्रणका लागि आवश्यक बजेट समेत छुट्याएर कामको थालनी गरेको छ । यस विपरित अर्कोतर्फ बहुला तथा जडायाँहाहरुका कारण नगरको मुल सडक नै अस्तव्यस्त हुन थालेको छ ।
मंगलवार एक जडयाँहा व्यक्तिका कारण राजविराज–राजदेवी सडक खण्ड करिब आधी घण्टा अवरुद्ध बन्यो । अत्याधिक मदिरा सेवन गरी एक व्यक्ति बीच सडकमै सुतेपछि मुख्य सडक आधी घण्टा अवरुद्ध बनेको थियो । बाल्टीनका बाल्टीन पानी खन्याएपनि जड्याहा न उठेपछि प्रहरीलाई बोलाई ती व्यक्तिलाई सडकबाट हटाई आवागमन सुचारु गरिएको थियो ।
“छाडा पशु चौपायाले त दुःख दिन्थे नै अब छाडा जड्याहा र बहुला मानवहरुले पनि दmुख दिन थाले”, दिनेश बस सर्भिसका चालक रामकुमार शर्माले भने ‘अब नगरपालिकाले छाडा पशु चौपायासँगै छाडा जडयाहाँ र बहुलालाई पनि नियन्त्रणका लागि आवश्यक बजेट छुट्याउनु पर्ने जरुरी देखिएको छ ।’
जड्याहाँ र बहुला व्यक्तिका कारण विशेष गरी महिला र बालबालिकालाई सडकमा हिड्डुल गर्न समस्या हुने, आवागमन अवरुद्ध हुने र नगर क्षेत्र नै अस्त व्यस्त हुने गरेको भन्दै नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले यसको नियन्त्रणका लागि पनि नगरपालिकाले आवश्यक पहल गर्नु पर्ने माँग गरेका छन् ।
यस्तै सार्वजनिक सरोकार केन्द्र सप्तरीका अध्यक्ष रामकुमार यादवले बहुला र जड्याहाको कारण सडकमा हिँडने व्यक्ति र गुड्ने सवारी साधनलाई प्रत्यक्ष रुपमा असर पारेको भन्दै यस्तो छाडा प्रवृति रोक्न सम्बन्धि निकायले चासो देखाउनु पर्ने जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ