News Category 2076/02/14
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजबिराज, १४ जेठ ।
जिल्ला बिपद ब्यबस्थापन समिति सप्तरीलाई बिपद प्रभावकारी प्रतिकार्यका लागि सामग्री हस्तान्तरण गरिएको छ ।
मंगलवार कोशी पीडित समाज सप्तरीले प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्र पौडेललाई अटोमेटिक ईलेक्ट्रिकल उड कटर सहितका तीन वटा मेसिन सामग्रीहस्तान्तरण गरिएको हो ।
अक्सफाम नेपाल र कोशी पिडित समाजको संयुक्त साझेदारीमा संचालित प्रकोप जोखिम न्युनिकरण तथा मानविय सहयोग कार्यक्रम अन्तर्गत खरिद गरी सामग्री बितरण गरिएको केभिएसका निर्देशक देब नारायण यादबले बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्राप्त सामग्रीलाई बिपद प्रति कार्यमा सुरक्षित रूपमा प्रयोग गरि आईपर्ने जोखिम न्युनिकरण गर्नका लागि यस मेसिन ठुलो सहयोग पुग्ने बताए ।
सोेही हस्तान्तरण कार्यक्रममा बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले खोज तथा उद्वार दलका सुरक्षा निकायहरूलाई कटर मेसिन हस्तान्तरण गरेका छन् ।
प्रजिअ पौडेलले सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्ट, नेपाली सेना भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँर, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापालाई एक एक थान चेनसाउ मेसिन कटर हस्तान्तरण गरि बिपदको समयमा कटर प्रयोग गर्न निर्देशन समेत दिए ।
यस मेसिनले बिपदको वेला अवरोध हटाउन ठुला ठुला रूखहरू ईलेक्ट्रिकल कटरले काटेर हटाउन सकिने केभिएसका सुकदेब चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ