News Category 2076/02/14
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण
दैनिक समाचारदाता
राजबिराज, १४ जेठ ।
जिल्ला बिपद ब्यबस्थापन समिति सप्तरीलाई बिपद प्रभावकारी प्रतिकार्यका लागि सामग्री हस्तान्तरण गरिएको छ ।
मंगलवार कोशी पीडित समाज सप्तरीले प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्र पौडेललाई अटोमेटिक ईलेक्ट्रिकल उड कटर सहितका तीन वटा मेसिन सामग्रीहस्तान्तरण गरिएको हो ।
अक्सफाम नेपाल र कोशी पिडित समाजको संयुक्त साझेदारीमा संचालित प्रकोप जोखिम न्युनिकरण तथा मानविय सहयोग कार्यक्रम अन्तर्गत खरिद गरी सामग्री बितरण गरिएको केभिएसका निर्देशक देब नारायण यादबले बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्राप्त सामग्रीलाई बिपद प्रति कार्यमा सुरक्षित रूपमा प्रयोग गरि आईपर्ने जोखिम न्युनिकरण गर्नका लागि यस मेसिन ठुलो सहयोग पुग्ने बताए ।
सोेही हस्तान्तरण कार्यक्रममा बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले खोज तथा उद्वार दलका सुरक्षा निकायहरूलाई कटर मेसिन हस्तान्तरण गरेका छन् ।
प्रजिअ पौडेलले सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्ट, नेपाली सेना भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँर, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापालाई एक एक थान चेनसाउ मेसिन कटर हस्तान्तरण गरि बिपदको समयमा कटर प्रयोग गर्न निर्देशन समेत दिए ।
यस मेसिनले बिपदको वेला अवरोध हटाउन ठुला ठुला रूखहरू ईलेक्ट्रिकल कटरले काटेर हटाउन सकिने केभिएसका सुकदेब चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ