News Category 2076/02/14
लागु औषध र मदिरा नियन्त्रणका लागि उपकरण प्रदान
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीलाई लागु औषध तथा मदिरा सेवन नियन्त्रण गर्न सहयोग पु¥याउने उद्देश्यले उद्योग बाणिजय संघ सप्तरीले आवश्यक उपकरण उपलब्ध गराएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित एक कार्यक्रमबीच उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई लागु औषध तथा मदिरा सेवन गरे नगरेको चेक जाँचका लागि प्रयोग गरिने ब्रेथलाइजर मेशिन पाँच थान र ड्रग्स किट ५० थान हस्तान्तरण गरेको हो ।
केही दिनयता लागु औषध तथा मदिरा सेवनकै कारण जिल्लामा सवारी दुर्घटनामा बृद्धि भइरहेका बेला लागु औषधको कुलत तथा सवारी दुर्घटना नियन्त्रणमा समेत मद्दत पु¥याउने उद्देश्यले सो उपकरण उपलब्ध गराइएको उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानको भनाई छ ।
प्रहरी उपरिक्षक विष्टले जिल्ला प्रहरी कार्यालयसँग उक्त उपकरणको अभाव भई समस्या हुने गरेको बताउँदै उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व पुरा गर्दै सहयोग गरेकोमा धन्यबाद व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समाजमा शान्ति सुव्यवस्था कायम गर्न र सवारी दुर्घटना नियन्त्रण गर्न प्राप्त उपकरणले धेरै हदसम्म सघाउने विश्वास व्यक्त गर्दै उद्योग बाणिज्य संघले देखाएको सायदशताप्रति धन्यवाद व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ