News Category 2076/02/16
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको सघन उपचार कक्षको शैया नं. २१ मा उपचार गराइरहेका एक बिरामीको आफन्त नभेटिदा प्रहरी र अस्पताल प्रशासन हैरान भएका छन् ।
मोरंग जिल्ला विराटनगर उपमहानगरपालिका घर बताउने ५० वर्षिय दिल कुमार लिम्बु हाल वेवारिसे अवस्थामा छन् । उनले बताएको ठेगानामा आफन्त नभेट्दा प्रहरी र अस्पताल प्रशासन हैरान भएका हुन् ।
उनलाई मानवीय संवेदनशीलताको कारण अस्पतालका चिकित्सक, नर्स र ड्यूटीमा रहेका प्रहरीले उपचार र सेवा प्रदान गरिरहेका छन् । उनलाई गत ९ जेठमा सप्तकोशी नगरपालिका ४ फत्तेपुरको बलारदह चौक नजिकै वेहोस अवस्थामा फेला पारी स्थानीय र प्रहरीको सहयोगमा अस्पतालको सघन उपचार कक्षमा भर्ना गराइएको थियो ।
चिन्ताजनक अवस्थामा देखिएपछि चिकित्सकको सल्लाह अनुसार सघन उपचार कक्षमा भर्ना भएको एक साता बित्न लाग्दा पनि उनका कोही आफन्त आएका छैनन् । अवस्थामा केही सुधार आउँदै गर्दा उनले भनेको ठेगानामा सम्पर्क गर्दा पनि कोही आफन्त फेला नपरेको अस्पतालमा ड्यूटीरत प्रहरी हवल्दार रामशंकर यादवले बताए ।
सघन उपचार कक्षमा लाग्ने सबै उपचार खर्च मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको निर्देशनमा निःशुल्क उपलब्ध गराएका छौ, सघन उपचार कक्षका सिनियर अहेव विजयकान्त झाले भने–तर यति दिन बितिसक्दा पनि उनका कोही आफन्त नआउँदा समस्या भएको छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ