News Category 2076/02/16
दलित छात्रावासको शिलान्यास

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
प्रदेश २ सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको दलित छात्रावासको बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका ५ रंजितपुरमा शिलान्यास गरिएको छ ।
प्रदेश २ सरकारको ९९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको उक्त दलित छात्राबास भवन एक बर्षभित्र सकिने लक्ष्य लिएको निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्वेले जानकारी दिए । सो छात्राबास निर्माण भएपछि दलित छात्राहरु उच्च शिक्षातर्फ आकर्षित हुने अनुमान गरिएको छ ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करिब २ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्राबासको बिष्णुपुर गाउँपालिका ५ का वडाअध्यक्ष बहादुर सदा र राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. शिबनरायण यादव, प्रदेश २ का शिक्षा कार्यदलका सदस्य सन्तोष कुमार चमन, दलित छात्राबास निर्माण समितिका पदाधिकारी तथा स्थानीय समाजेवी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ