News Category 2076/02/17
मिनी ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार खातुनको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कुशहा बजारमा शुक्रबार मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा एक म्याजिकमा सवार यात्रुको मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका ५ मसिलाल स्कुल अगाडी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को.१ ख.२१२० नं. को ट्रकले सोही दिसाबाट जादै गरेको ना.१ ज.५५५६ नं. को म्याजिकलाई पछाडिबाट ठक्कर दिदा म्याजिकमा सवार ६५ वर्षिया हदिसा खातुनको मृत्यु भएको हो ।
सो दुर्घटनामा गम्भिर घाईते भएकी खातुनलाई सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ