News Category 2076/02/18
जंगली हात्ति धपाउन चार राउण्ड हवाई फायर
.jpg)
राजविराज÷कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जंगली हात्तिको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन शुक्रबार मध्यराती प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा जंगली हात्ति पस्न लागेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गाउँलेलाई जोगाउन ४ राउण्ड हवाई फायर गरी जंगली हात्तिलाई धपाएको हो ।
राती सवा १२ बजेतिर कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासका जंगल हुँदै गाउँमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले ४ राउण्ड हवाई फायर गरी हात्तिलाई धपाएको प्रहरी निरिक्षक गुरु तिमिल्सिनाले बताए ।
स्थानीय जंगलमा हात्ति बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कंचनरुप नगरपालिका बासिन्दा राम्ररी निदाउन पाएका छैनन् । हात्ति आतंकका कारण सो क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कन पनि डराउन थालेको स्थानीयवासी नर्मदेव यादवले बताए । कोशी टप्पु बन्यजन्तु आरक्षका हात्तिको आक्रमणमा जिल्लामा एक वर्ष भित्र ६ जनाको ज्यान गइसकेको छ । यस अवधीमा हात्तिले ४८ घर भत्काएको छ भने सय विगहा भन्दा बढी जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानिय कृषक सीताराम चौधरीले बताए ।
बस्ती आसपास जंगल भएकाले र जंगली हात्तिको बास स्थान बन्ने गरेकोले पटक पटक आक्रमणमा पर्ने गरेको भन्दै स्थानियले यसको स्थायी समाधान खोज्नु पर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ