News Category 2076/02/18
आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे

राजविराज÷सप्तरीको बोदेबर्साइन नगरपालिका ३ गौरा टोलमा शनिबार बिहान आगलागि हुँदा एक कुखुरा फर्मसहित ६ घर खरानी भएको छ ।
वडा नं. ३ स्थित गौरा टोलमा विद्युत सर्ट भई बिहान ९ बजेतिर सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा एक कुखुरा फर्मसहित सोही सँग टाँसिएको ६ घर जलेर खरानी भएको छ ।
आगलागिबाट स्थानिय जागेश्वर यादवको कुखरा फर्मका साथै काशेन्द्र यादव, जयनारायण यादव, बिनोद कुमार यादव, शशी यादवलगायतको घर जलेर नष्ट भएको छ ।
आगलागिमा कुखुरा फर्ममा रहेका एक हजार पाँच सय चल्लासमेत जलेर मरेका छन् । राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण कायम गरिएको राजविराज नगरपालिका बारुण यन्त्र विभागका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ