News Category 2076/02/19
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका नयाँ प्रहरी प्रमुख मनोज कुमार यादवले जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबाद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । शुक्रबार मात्र सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक यादवले जिल्लालाई सबल, सक्षम बनाउने क्रममा स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट नदिने दृढता व्यक्त गरेका छन् ।
उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसंग सम्झौता गर्न नसक्ने बताउँदै यसमा सहयोग गर्न संचारकर्मीहरुको सहयोग आवश्यक रहेको बताए ।
यस्तै प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी सुरक्षित सप्तरी, भयमुक्त सप्तरी निमार्ण गर्ने, जिल्लामा घटित अपराधको निश्पक्ष, न्यायिक एवं वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्घंन गरी प्रयोगमा ल्याइएको भेटिए कानुनी दायरामा ल्याउने, भुमिगत समुहको नाममा हुने अपराध, ठगी, तस्करी, लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघनरुपमा अघि बढाईने लगायतका योजनाहरु उल्लेख गरेका छन् ।
उनले प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका वावजुद पनि प्रहरीले वलवुताले भ्याए सम्म शान्ति सुरक्षाका लागी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संचारकर्मीहरुले स्वागत तथा सफल कार्यकालको शुभकामना दिनुका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागी आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ