News Category 2076/02/19
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
विगत एक वर्षदेखि सप्तरीस्थित २ सरकारी विद्यालयको कक्षा कोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनिक संचालन भएपछि विद्यार्थीको पढाई प्रभावित भइरहेको छ ।
सप्तरीको महदेवा गाउँपालिका ५ स्थित भगवति राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा विगत एक वर्षदेखि वडा कार्यालय र सोही गाँउपालिकाको वडा ६ स्थित बजरंगवली आधारभुत विद्यालयको एउटा कक्षाकोठामा शहरी स्वाथ्य क्लिनिक संचालन हुदै आएको हो । दुवै विद्यालयको उक्त कक्षा कोठामा रहेको डेस्क–बेन्च झिकेर अर्काे कक्षा कोठामा कोचाकोच गरी राखिएको छ ।
यसरी एउटै कक्षा कोठामा कोचाकोच गरी डेस्क बेन्च र विद्यार्थीहरुलाई राखेर पठनपाठन गराउँदा समस्या हुने गरेको शिक्षकहरुको भनाई छ । तर जनप्रतिनिधीले नै यस्तो गरेको कारण उनीहरु खुलेर बोल्न भने डराउँछन । नाम नछापिदिन आग्रहका साथ एक शिक्षकले भने, “निजी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुलाई कमिलाले मात्र टोकेपनि अभिभावकले गुनासो गर्न आउँछन तर, यो सरकारी विद्यालयमा कोचाकोच गरेर विद्यार्थी पढाउनु पर्ने बाध्यता रहदा पनि जनप्रतिनिधीका डरले कोही बोल्न आउँदैनन ।”
कक्षाकोठाको अभाव भएपछि एकै कोठामा कोचाकोच गरी पढाउँदा विद्यार्थीसंग आफुलाई पनि असहज हुने गरेको शिक्षकहरुको भनाई छ ।
बजरंगवली आधारभुत विद्यालयमा २ सय ७० र भगवती राप्राविमा १ सय ६० गरी कुल ४ सय ३० विद्यार्थीहरु अध्ययनरत छन् । यसबारे भगवति राष्ट्रिय प्राथमिक विद्यालयका प्रअ रामकृष्ण पण्डित र बजंरगवली आधारभुत विद्यालयका प्रअ कृष्णदेव मण्डलसंग जिज्ञासा राख्दा दुबैले कक्षाकोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनक संचालन हुदाँ पठनपाठनमा समस्या भएको स्विकार्दै केही दिनका लागी मात्र उक्त कोठा उपलब्ध गराइएकोमा जनप्रतिनिधीको ढिलासुस्तिले समय लम्विदै गएको लाचारी सुनाए ।
यता वडा नं. ५ का वडाध्यक्ष मनोज प्रसाद मण्डल तथा वडा नं. ६ का वडाअध्यक्ष उमेश यादवले भवनको अभावमा तत्काल विद्यालयको कक्षा कोठा प्रयोग गरिएको बताउदै वैकल्पिक व्यवस्था गरी छिट्टै कक्षाकोठा खाली गर्ने प्रतिकृया दिएका छन् ।
शिक्षा समन्वय इकाइ समितिका प्रमुख फनिन्द्र खत्रीले विद्यालयको कक्षाकोठामा लामो समयदेखि वडा कार्यालय र स्वास्थ्य क्लिनिक संचालन गर्नु दुःखद विषय भएको बताए । जनप्रतिनिधीले सहयोग गर्नुको सुट्टा उल्टै पठनपाठन नै प्रभावित पार्ने गरी गतिविधी गर्नू गलत भएको भन्दै उनले यसबारे आफुले पनि सम्बन्धित निकायमा जानकारी गराई आवश्यक पहल गरिरहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ