News Category 2076/02/19
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध सप्तरी जिल्ला अदालतको अनुमति पछि डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पूर्जी जारि गरेको छ ।
डिभिजन वन कार्यालय सप्तरीले वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको भन्दै सप्तकोशी नगरपालिकाका प्रमुख शर्मासहित चार जना बिरुद्ध सप्तरी जिल्ला अदालतमा दायर गरेको रिट उपरको सुनुवाईमा शुक्रबार अदालतले अनुमति दिएपछि सो पक्राउ पूर्जी जारि गरिएको डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिएका छन् ।
यसरी पक्राउ पूर्जी जारि गरिएकाहरु मध्ये नगर प्रमुख शर्माका साथै वडा नं. १ वडा अध्यक्ष नारायण आचार्य तथा निर्माण कार्यमा संलग्न सप्तकोशी नगरपालिका १ बस्ने तुलाराम लुईटेल र दुर्गा फुयाल छन् ।
राष्ट्रिय वन क्षेत्रभित्र अनाधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि उनीहरु विरुद्ध प्रमाणसहित अदालत पुगेपछि पक्राउ पुर्जी जारी गर्न अनुमति पाएको डिभिजन वन प्रमुख सिंहले बताए ।
नाला निर्माण सुरु गरेपछि पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि नगरपालिकाले वेवास्ता गरेपछि अदालतको शरणमा जानु परेको उनको भनाई छ । वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालयले कर्मचारी परिचालन गर्दा समेत अटेर गरेकाले कानुनी उपचारका लागि अदालत पुगेको र अदालतकै आदेशमा उनीहरु बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको उनले स्पष्ट पारे । उनीहरुलाई पक्राउ गर्न आइतबार वन कार्यालयका सुरक्षाकर्मीहरु पूर्जीसहित परिचालन गरिएको उनले जानकारी दिए । यसरी वन कार्यालयबाट पक्राउ पूर्जीसहित खटाइएका सुरक्षाकर्मीलाई नटेरे जिल्ला प्रहरी कार्यालयदेखी पुनः अदालतसम्म पुग्ने उनले बताएका छन् ।
यता प्रमुख शर्माले वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको स्वीकार्दै आफूले नागरिकलाई सेवा सुविधा र सुरक्षा प्रदान गर्ने उद्देश्यले नाला निर्माण गरिएको जिकिर गर्दै कानुनी प्रक्रियाबाटै समस्याको समाधान खोजिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ