News Category 2076/02/21
लोक सेवा आयोगद्वारा निकालिएको बिज्ञापनको प्रतिलिपि जलाइए
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
राजपा नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघका विद्यार्थीहरुले लोकसेवा आयोगद्वारा निकालिएको बिज्ञापनको बिरोध गर्दै मंगलबार साँझ राजविराजमा सो विज्ञापनको प्रतिलिपी जलाएका छन् ।
राजबिराजस्थित जनआन्दोलन चौकमा राष्ट्रिय बिद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादबको नेतृत्वमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउदै बिज्ञापनको प्रतिलिपी जलाइएको हो ।
यस्तै राष्ट्रिय बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले लोक सेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र गर्दै विज्ञापन प्रकाशन गरेको आरोप लगाएका छन् । समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित गरेको उनको आरोप छ ।
यस्तै राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तर्फ धकेल्न खोजेको आरोप लगाएका छन ।
महिला, दलित, मधेशी, थारु, जनजाति, मुस्लिम समेतलाई राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको राजपा नेपालले समेत बिज्ञप्ती जारी गर्दै बिरोध जनाएको उनले बताए ।
आरक्षरण सम्बन्धि प्रतिशत निर्धारण नयाँ संघीय निजामति ऐन नआए सम्मको लागि ४५५ लाई शतप्रतिशत मानी ३३५ महिला, २८५ आदिवासी जनजाती, २२५ मधेशी, ९५ दलित हुने व्यवस्था रहेको तर, कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुटाछुटै रुपमा हिसाब गरी निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रकिृयालाई तहसनहस गरेको भन्दै सो विज्ञापन फिर्ता लिन राजपा नेपालले माग समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ