News Category 2076/02/24
रावि नपाले स्वास्थ सम्बन्धी तीन बर्षे योजना बनाउँदै
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
राजविराज नगरपालिकाले तीन दिने तथ्यमा आधारित मातृ, नवजात शिशु, वाल स्वास्थ तथा रणनीति सम्बन्धी कार्यालय गोष्ठीमा तीन बर्षे योजना बनाउने भएको छ ।
शुक्रवार राजबिराज नगपालिकाको आयोजनामा तथा युनिसेफ, नेपाल पब्लिक हेल्थ रिसर्च डेभल्पमेन्ट सेन्टरको आयोजनामा तिन बर्षिय बार्षिक योजना समेत तैयार गरिने भएको छ ।
कार्यक्रममा बोल्दै राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गरिरहेको बताउदै मानवजिवनमा स्वस्थ रहनु अति आबश्यक रहेको बताएका छन् ।
स्वास्थ क्षेत्रमा सुधार ल्याउनका लागि रणनीति सम्बन्धी कार्यशाला गोष्ठीले ठूलो सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको प्रमुख यादवको भनाई छ ।
सो अवसरमा राजबिराज नगरपालिका समाजिक शाखा अधिकृत मनोज कुमार यादबले महिला, बालवालिका, दलित, पिछडिएका बर्गको स्वास्थमा सुधार ल्याउनका लागि पहल गरिरहेको र महिला स्वास्थ स्वयंमसेविका, आमा समुहलाई ब्यबस्थित गर्न राजबिराज नगरपालिका प्रतिबद्ध रहेको बताए ।
यस्तै वडा अध्यक्ष प्रेम कुमार यादबले समुदायमा स्वास्थमा देखिएका समस्या र कारण पता लगाई स्वास्थ सेवाको रंगरूप परिवर्तन गर्न तीन बर्षको रणनिति योजना बनाई बजेट बिनियोजना गर्ने प्रतिबद्धता जनाए ।
समुदायमा मातृ नवजात शिशु तथा किशोर किशोरीको बाल स्वास्थ कसरी सुधार गर्ने र देखिएका समस्या असरबाट बच्नका लागि रणनीति योजना बनाउन गोष्ठीबाट बालसेवा क्षेत्रमा उल्लेखनिय सुधार हुने बताईएको छ ।
गोष्ठीमा राजबिराज नगरपालिकाका निमित प्रमुख प्रशासकिय मनोज कुमार यादब, वडा नम्वर ६ का अध्यक्ष प्रेम कुमार यादब, वडा ७ का अध्यक्ष मागीलाल नाई, वडा नम्वर १ का अध्यक्ष चन्द्रशेखर चौधरी वडा ९ का अध्यक्ष शम्भु प्रसाद यादब, वडा १६ का अध्यक्ष गुजाई दास, १२ का अध्यक्ष हरिहर यादब, ११ का अध्यक्ष संजय यादब, १० का अध्यक्ष सुशील दास १४ का अध्यक्ष सुवालाल यादब, राजबिराज नगरपालिका लेखा अधिकृत उमाशंकर यादब, जनस्वास्थ कार्यालयका निरिक्षक भागवत यादब, नगरपालीका स्वास्थ संयोजक रामनारायण देब, सहसंयोजक शोभा साह, युनिसेफका प्रदिप कुमार श्रेष्ठ, पिएचआरडीका कार्यकारी निर्देशक जनक थापा, कार्यक्रम अधिकृत मिना लिम्बू, युनिसेफका कृति केसरी, लगायतका विभिन्न वडाका स्वास्थ ईन्चार्ज तथा महिला स्वयंसेविकाहरूको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ