News Category 2076/02/24
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले प्रदेशको विकाससँग सँगै मधेशको अधिकार स्थापित र संविधान संशोधनको लडाई समेत जारि रहेको बताएका छन् ।
राजविराज वडा नं. ९ मलेठमा सहिद स्तम्भको शुक्रबार शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
संविधान सुंशोधन गरि मधेशीको अधिकार स्थापित गराउने र प्रदेश २ लाई समृद्ध प्रदेश बनाउन दुबै लक्ष्य प्राप्ति नभएसम्म लडाई जारि नै रहने बताए । उनले अहिले स्वरुप मात्रै फेरिएको जनाउँदै समय र संघीय सरकारको व्यबहार अनुसार आन्दोलनको स्वरुप पनि फेरिदै जाने उल्लेख गरे ।
अढाई वर्षअघि तत्कालिन एमाले पार्टीले थालेको मेची–माहाकाली जागरण अभियानका क्रममा प्रहरीको गोली लागेर मलेठमा पाँच जना मधेशी सपुतले शहादत प्राप्त गरेको घटना उनले स्मरण गरे । उनले प्रदेश मन्त्री परिसद्को पहिलो बैठकले नै मधेश आन्दोलनका शहिदका परिवारलाई रोजगारी दिने निर्णय गरेको स्मरण गर्दै उक्त निर्णय कार्यान्वयनमा आइसकेको तथा आन्दोलनका घाइतेहरुलाई पनि प्रदेशमा उपलब्ध स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा उपलब्ध गराउँदै गरेको बताए ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका गजेन्द्र नारायण सिंह र गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको योगदानको उच्च कदर गर्दै प्रदेश २ का सबै आठ वटै जिल्ला सदरमुकाममा ती नेताद्वयको स्मारक बनाउँने प्रदेश सरकारले निर्णय गरेको उनले सुनाए ।
राजविराज–जनकपुर र बिरगंज–जनकपुर सम्म सस्तो र सहज यात्राका लागि प्रदेश सरकारले यसै वर्षदेखी प्रादेशिक बस सेवा संचालन गर्न लागेको उनले जानकारी समेत दिए । एक गाउँलाई अर्को गाउँ र एक नगरपालिकालाई अर्को नगरपालिकासँग जोड्न सडकहरुको बिस्तार तिब्र रुपमा अघि बढेको जानकारी दिँदै उनले प्रदेश २ का आठ वटै जिल्लामा दलित छात्रछात्राको शिक्षामा पहुँच बढाउन दलित छात्रावासको निर्माण काम पनि अघि बढिसकेको बताए ।
लोकसेवा आयोगले हालै स्थानिय तहका लागि नयाँ कर्मचारी नियुक्त गर्न सार्वजनिक गरेको विज्ञापन संघीयताको मर्म विपरीत भएकोले त्यो अस्वीकार्य भएको भन्दै उक्त विज्ञापन अविलम्ब सच्याउनु पर्ने उनको भनाई थियो ।
राजविराज नगरपालिकाका ९ मलेठका वडा अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य मनिष सुमन, राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सहिद स्तम्भ निर्माण उपभोक्त समितिका अध्यक्ष रामचन्द्र यादवलगायतले पनि बोल्दै संघीय सरकारले प्रदेश सरकारको क्षेत्राधिकार मिच्दै गएको भन्दै अधिकारका लागि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
शुक्रबारै मन्त्री सोनलले राजविराजमा दलित छात्रावास, सिंचाईका लागि डिप बोरिङ्ग, बृद्धाआश्रम, सामुदायिक भवन लगायत ६ वटा विकास निर्माण कार्यको शिलान्यास गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ