News Category 2076/02/25
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
राजविराज÷राष्ट्रिय मुस्लिम ईतेहाद मोर्चा सप्तरीले शनिबार राजविराजमा ईदुल फित्र समारोह मनाएको छ ।
सो समारोहमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्री यादवले मुश्लिम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको चर्चा गर्दै कसैको भलो नगरौ र कसैलाई कुदृष्टिले नहेरौ भन्ने उनको बुझाइरहेको बताए ।
नेकपा केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादबले नेपालमा मुश्लिम र हिन्दुहरूबीच एक आपसमा भाईचाराको नाता रहदै आएको बताउदै उनीहरूबीच थप सुमधुर सुमधुर बनाउनु पर्नेमा जोड समेत दिए । नेपालमा मुश्लिम र हिन्दुबिचको एकता बिश्वमै उदाहरणीय रहेको बताए ।
त्यस्तै मन्त्री यादवले नेपालमा मधेशी र पहाडी समुदायबिचको सम्बन्ध तोड्न मधेशी र पहाडी समुदायको कुनै वर्गले नै लडाई लगाउन खोजे पनि एक अर्काबिच सुमधुर सम्बन्धका कारण देशमा सुमधुर सम्बन्ध स्थापित रहेको बताए ।
एक अर्को प्रसङ्गमा मंन्त्री यादबले समय सापेक्ष अनुसार जनताले चाहे अनुसार संविधान संशोधन हुनु पर्ने तर्क समेत दिए ।
मोर्चाका अध्यक्ष मोहम्मद कमालउद्धिनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेले भष्ट्राचार भईरहेको छ भने जनताले त्यसको बिरोध गर्नुपर्ने बताए ।
सो अवसरमा राष्ट्रिय सभाका पुर्व उपाध्यक्ष रामप्रित पासवान, नेकपा सप्तरी जिल्ला अध्यक्ष अमर मण्डल, पुर्व नगर प्रमुख अनिष अंसारी, मोहम्मद मजिद साकिर, स्थानिय नेता कमालउद्विन, बरिष्ठ पत्रकार अनिल कुमार अनललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालक ईन्जिनियर मोहम्मद गणीले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ