News Category 2076/02/25
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती

राजविराज÷राजविराज नगरपालिका वडा नं. १६ बोरिया निवासी किराना व्यवसायी तुलसी दासको १३ दिनदेखी अवस्था अज्ञात रहेको छ । उनी घरबाट निस्किएको शनिबार तेह्रो दिन सम्म पनि फर्केका छैनन् ।
शनिवार दासकी श्रीमती सोमिन्द्रा देवी दासले पत्रकार सम्मेलनको आयोजना गर्दै उनकै साथी राजविराज नगरपालिका ९ वस्ने रेशमलाल यादवको योजनामा अपहरण गरिएको दावी गरेकी छिन् ।
उनले यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी निवेदन दिँदै छानविनका लागी उनलाई अविलम्ब पक्राउ गर्न माग गरेकी छिन् । ४५ वर्षिय दास गत जेठ १३ गते विहान ८ बजे तिर घरबाट ५० हजार रुपैया लिएर निस्केका थिए । त्यतिबेला उनले सर्लाहीमा एक वैवाहिक कार्यक्रममा सरिक हुने र त्यस पछि फर्किदा पसलका लागि केही किनमेल गर्ने भन्दै ५० हजार रुपैया बोकेको पत्नी सोमिन्द्रालाई बताएर हिडेका थिए ।
जेठ १३ गते नै यादव घर आएको र उनीसंगै हिडेको पति दास १४ गते साँझदेखि सम्पर्क विहिन भएको आधारमा नै अपहरण भएको पत्रकार सम्मेलनमा दासकी पत्नी सोमिन्द्राले दावी गरिन् । पति सम्पर्क विहिन भएदेखि नै उनिसंगै हिडेका यादव फरार हुनुले पनि दावीलाई पुष्टि गर्छ सुमिन्द्राको भनाई छ ।
यद्धपी अहिले सम्म अपहरणकारीबाट कुनै माग नआएको उनले बताईन । जेठ १४ गते दिउसो १ बजे तिर दासले बोक्ने ९८१९७३१४७१ नम्बरको मोबाईबाट अन्तिम पटक कुरा हुँदा यादवसँगै आफू रहेको र भोली पल्ट घर फर्किने बताएपछि स्वीचअफ भएको मोबाइल अहिले सम्म चालु नभएको उनले सुनाइन ।
उनले यादवकै संलग्नतामा योजनाबद्ध तरिकाले पति दासको अपहरण गरिएको दाबी गर्दै पतिको अवस्था पता लगाउने कार्यमा पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीहरुलाई पनि आग्रह गरिन् ।
यता घटनाको अनुसन्धान गरिरहेका वडा कार्यालयका सई हिलस कुमार सिंहले व्यवसायी दासको अवस्था पत्ता लागउन प्रहरीले कुनै कसर बाँकी नराखेको र दिनरात काम गरिरहेको बताएका छन् । दास परिवारले यादवको नाममा किटानी निवेदन दिएकाले यादव परिवारका सदस्यहरुलाई झिकाई निरन्तर दवाव र अनुसन्धान तिब्र बनाएको सई सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ