News Category 2076/02/26
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी छिन्नमस्ता गाउँपालिकाले १३ बुँदे माँग राख्दै आइतबार गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
सो ज्ञापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला सम्न्बय समितिको कार्यालय राजविराज र पत्रकार महासंघको कार्यालय राजविराज, सप्तरीलाई वोदार्थ समेत गरिएको छ ।
बुझाइएको ज्ञापनमा गाउँपालिकामा संचालित विभिन्न योजनाहरुको जानकारी, आ.व. २०७४÷०७५ को प्रथम गाँउसभावाट स्वीकृत भएको योजनाहरु मध्ये कार्य सम्पन्न भैसकेको योजना तथा कार्यक्रमहरुको लागत स्टीमेट तथा कार्य सम्पन्न मुल्याङकन प्रतिवेदन सहित उक्त आ.व. को योजना को वार्षिक प्रतिवेदन लगायत जनसरोकारका विषयहरुको सूचना पटकपटक माँग गर्दा समेत विभिन्न वहाना वनाई आलटाल गरिरहेको जनाइएको छ ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयहरुको नँया विद्यालय अनुमति पत्र तथा कक्षा अपग्रेडको शिक्षा समितिबाट गरिएको निर्णय तथा कुन कारणले सञ्चालन अनुमती नदिएको लगायतका माँग गरिएको छ ।
हालसम्म गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा नागरिक वडा पत्रको व्यवस्था किन हुन नसकेको ? सो को अविलम्ब व्यवस्था गर्न माँग, गाउँपालिका कार्यालय तथा प्रत्येक वडा कार्यालयहरु को सम्पूर्ण चल अचल सम्पतीको अभिलेख, तथा खरीदको वील भरपाई उपलब्ध गराउन माँग गरिएको छ ।
सोही ज्ञापनमा गाउँपालिकाको आ.व. २०७४÷०७५ को प्रथम गाउँसभाबाट स्वकृत भएको योजना तथा कार्यक्रमहरु मध्ये लगभग ५०५ योजना तथा कार्यक्रमहरु सम्पन्न हुन नसकी बजेट फ्रिज भएको जनाइएको छ भने चालु आ.व. मा समेत पहिलाकै जस्तै कार्यशैली रहेको उल्लेख छ ।
ती माँगहरु सात दिन भित्र पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत सोही ज्ञापनमार्फत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ