News Category 2076/02/27
मविव क्याम्पसका विद्यार्थीद्वारा दही मेलाको आयोजना

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजको इतिहासमै पहिलो पटक माइक्रो बायलोजि विषयमा अध्ययनरत विद्यार्थीहरुले सोमबार दही मेलाको आयोजना गरेका छन् ।
सो दही मेलमा १२ प्रकारका दही उत्पादन गरि प्रदर्शन गरिएको हो । माइक्रो बायलोजि विषयमा डेरी टेक्नोलोजिमा अध्ययनरत सय भन्दा बढी विद्यार्थीहरुले तयार पारेका १२ प्रकारका दही प्रदर्शनीमा राखिएको सो विषयका प्राध्यापक सियाराम भगत मालीले जानकारी दिएका छन् ।
उनले राजविराजमै पहिलो पटक यस्ता प्रदर्शनीले जिल्लाको डेरी उद्योगलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उक्त प्रदर्शनीमा राखिएको १२ प्रकारका दहीको शुद्धता, स्वाद र गुणस्तरबारे राजविराजका डेरी संचालकहरुले अवलोकन एवं परिक्षण गरेका थिए ।
प्रदर्शनीमा क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, सहायक क्याम्पस प्रमुख मिथिलेश यादव, केन्द्रिय प्रविधि क्याम्पस धरानका प्राध्यापक शिवनन्दन साह लगायतले क्याम्पसका अन्य प्राध्यापकहरुले अवलोकन एवं निरिक्षण गरेका थिए ।
निरिक्षण पश्चात् क्याम्पस प्रमुख डा. मिश्रले क्याम्पसका विद्यार्थीहरुले दही मेलाको आयोजना गरेर क्याम्पसमा उदाहरणिय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले आउँदो दिनमा क्याम्पसमा यस्ता गतिविधीले विद्यार्थीहरुको मनोबल बढाउनुका साथै क्याम्पसको साखलाई उच्च राख्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ