News Category 2076/02/27
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
विश्व वातावरण दिवस पारेर डिप्लोमा ईन्जिनियरिङ एसोसिएसन नेपाल (डिन) ले वातावरण संरक्षण गर्न कोईलाडीमा बृक्षारोपन गरेको छ ।
तिलाठी कोईलाडी गाउँपालिकास्थित राजेन्द्र देबकी मावि कोईलाडीको प्रागङ्गमा जालीको तारवारसहित बृक्षारोपन गरिएको हो ।
तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा तथा डिप्लोमा ईन्जिनियरिंग एसोसिएसनको प्राबिधिक तथा मधेशी एसोसिएसन अमेरिकाको सहयोगमा दुई जातको करिव १ लाख ५० हजार बरावरको सहयोगमा बृक्षारोपन गरेको जनाइएको छ ।
सो बृक्षारोपन कार्यक्रममा बोल्दै डिप्लोमा ईन्जिनियरिंग एसा्सिएसन डिन का अध्यक्ष तथा एसिया डिनका सदस्य कामेश्वर प्रसाद सिँहले बिद्यालयमा स्वच्छ बातावरणमा बालवालिकाले पठनपााठन गर्न पाउने उद्देश्यले वोटबिरूवा रोपन लागेको बताए । सामजिक दायित्व बहन गर्न बिपदको समयमा डिनले भुकम्प, बाढी, नदि नियन्त्रण गर्ने काम निशुल्क गर्दै आएको बताउदै उनले जिवनमा सबैले स्वच्छ बातावरणमा बाच्नुपर्ने बताए ।
पर्यावरण जोगाउन मधेशबाटै नमुना रूपमा वातावरण संरक्षण गर्न सबैले आफनो ठाँउवाट जनजागरण फैलाउनुपर्नेमा उनले जोड समेत दिए ।
सो अवसरमा मधेशी एसोसिएसन अमेरिकाका अध्यक्ष डा महेन्द्र महतोले तराई मधेशको भुमीमा केही गर्ने सोच बमोजिम तिलाठिको बिद्यालयवाट पाईलट फेजमा वातावरणसँगै पर्यावरणलाई संरक्षण गर्न ठुलो परियोजना ल्याउनका लागी अभ्यासको रूपमा रूख रोप्ने कार्यक्रम ल्याएको बताए ।
त्यस्तै जिल्ला वन अधिकृत धिरेन्द्र प्रसाद सिँहले वायु प्रदुषण शान्त, अदृष्य तथा भयानक घातक समस्या भएकोले प्रयावरण जोगाउने एक घर एक बिरुवा रोपनु पर्नेमा जोड दिए ।
तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा गरिएको बृक्षारोपन कार्यक्रममा उपाध्यक्ष सुचिता कुमारी यादब, वडा अध्यक्ष गोपी मण्डल, डिप्लोमा ईन्जिनियरिंग एसोसिएसन नेपाल सप्तरीका अध्यक्ष केवल दास, सप्तरी वन प्राबिधिक संघका अध्यक्ष देव नारायण झा, बिदालयका प्रअ दिपेन्द्र कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादबलगायतले बाढी प्रभाबित क्षेत्रमा तथा मानव घना बस्तीमा रूख रोपेर सो ठाउँ संरक्षण सँगै बाढीको जोखिमवाट बचाउन सक्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ