News Category 2076/03/03
विभिन्न विकासीय काममा आर्थिक अनियमितता तथा सूचना लुकाउने काम गरिरहेको आरोप

दैनिक समाचारदाता
राजविराज, २ असार ।
शम्भुनाथ नगरपालिका वडा नं. १ को कार्यालयले विभिन्न विकासीय काममा आर्थिक अनियमितता तथा सूचना लुकाउने काम गरिरहेको आरोप लगाइएको छ ।
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका निवासी जिवछ साह, खेमवहादुर कार्की, गमकलाल पासवान र गुन्जेश्वर साहले सो आरोप लगाएका हुन् ।
वडा अध्यक्ष इन्द्रदेव साह र वडा कार्यालयमा कार्यरत कर्मचारी शिवशंकर यादवको मिलेमतोमा विकास निर्माणका कार्यमा ब्यापक भ्रष्टाचार भईरहेको र यस वारे आवाज उठाउँदा डर, धाक, धम्कि तथा उल्टै फसाउने र झुठा आरोप लगाई वदनाम गर्ने र फसाउने प्रयास भईरहेकोले उनीहरुले पत्रकार सम्ेमलन मार्फत न्यायका लागि पहल गरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
सोही पत्रकार सम्मेलनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खाँडो नदि प्रणाली अन्तरगतको तल्छि पहिरो तथा खहरे रोकथाम भुसंरक्षण कार्यका लागि कुनै पत्रपत्रिकामा सुचना नै नगरी गैरकानुनी तथा गोप्य ढंगले उपभोक्ता समिति गठन गरिएकोले सो समिति विघठन गर्न माँग गरिएको छ ।
गोप्य ढंगले गठन गरिएको उपभोक्ता समिति बारे सुचना माग गर्दा वडा अध्यक्ष साह र कर्मचारी यादवले डर, धाक, धम्कि दिने तथा उल्टै कार्यालयको रजिष्टर च्यातेको र पैसा लुटेको भनि झुटा प्रचार गरेर वदनाम गर्ने र फसाउने प्रयास गरिरहेको उनीहरुले प्रष्ट पारेका छन् ।
गोप्य ढंगले गठन गरिएको उपभोक्ता समिति विघटन गरी प्रकृया र विधि अनुसार अर्को उपभोक्ता समिति गठन हुनुपर्ने, वडा अध्यक्ष र वडा कार्यालयका कर्मचारीको मिलेमतोमा भएका गैरकानुनी काम तथा उपभोक्ता समिति गठनको सम्पुर्ण प्रकृयाको सम्वन्धित निकायद्वारा छानविन हुनुपर्ने उनीहरुले माग समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ