News Category 2076/03/03
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, ३ असार ।
मंगलबार बिहान ४ बजे आएको वर्षासँगै हावाहुरीका कारण सप्तरीमा लाखौ मूल्य बराबरको क्षति भएको छ ।
हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार र पोलमा क्षति हुनुका साथै सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा ना ५ ख ५९५१ नम्बरको ट्रकमा बिजुलीको पोल ढल्दा क्षति पुगेको छ ।
त्यस्तै हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा ३० वटा पोल ढलेको र तार चुँडिएको बिद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् ।
यता अवरुद्ध भएको बिजुली सुचारु गराउने कार्य जारी रहेको जानकारी दिदै तार, पोलसँगै अधिकांश ठाउँमा ट्रान्सफर्मरमा पनि क्षति भएको उनले बताए । हावाहुरीका कारण अवरुद्ध भएको मेन लाइन (११ हजार भोल्ट) सञ्चालनमा आइसकेको र अन्य ठाउँमा पनि विद्युत सुचारु गराउने प्रयास भइरहेको प्रमुख साहको भनाई छ ।
बिद्युतको तार चुँडिएका ठाउँमा बिजुली सञ्चालनको कार्य जारी राख्दै पोल लडेका र भाँचिएका ठाउँमा भोलिसम्म जिल्ला भारिमा बिद्यूत सुचारु गरि सक्ने उहाँले आशोसन दिनुभयो ।
यस्तै खडक तथा शम्भुनाथ नगरपालिकामा हावाहुरीले सर्वसाधारणको घर भत्काउँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
यसैबिच जिल्लाको अन्य ठाउँमा हावाहुरीका कारण भएको क्षतिको विवरण संकलन कार्य जारी रहेकाले थप परिमाण आउन बाँकी रहेको जिप्रका सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ