News Category 2076/03/06
४४ जना पशुपालकलाई मोटरसहितको च्यापकटर मेसिन प्रदान
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरी जिल्लाका ४४ जना पशुपालकले विहिबार मोटर सहितको च्यापकटर (पशु आहार कुट्टि कट्टा) मेसिन प्राप्त गरेका छन् ।
प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले एक कार्यक्रम विच जिल्लाका १८ वटै स्थानिय तहबाट छनौट भएका ४४ जना पशुपालकलाई मोटर सहितको च्यापकटर मेसिन वितरण गरेका हुन ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग तथा भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र सिरहा–सप्तरी सम्पर्क कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गरिएको हो ।
मेसिन बितरण गर्दै मन्त्री साहले कृषक आत्मनिर्भर र समृद्घ नबनेसम्म प्रदेश समृद्घ बन्न नसक्ने बताएका छन् । उनले व्यवसायीक कृषकका लागी उत्पादन खर्च घटाउने, श्रम बचाउने तथा पशु आहाराको पूर्ण रुपमा सदुपयोग र व्यवस्थापन गर्न प्रदेश २ का सवै ८ वटै जिल्लामा यो कार्यक्रम संचालनमा ल्याईएको जानकारी समेत दिए ।
उनले प्रदेश २ लाई समृद्घ बनाउन कृषि क्षेत्र र कृषकलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु अभियानकै रुपमा संचालन हुने जानकारी दिँदै प्रदेश सरकारको लगानी खेर जान नदिन प्राप्त सहयोगको सदुपयोग गर्न पशुपालकहरुसँग आग्रह पनि गरे ।
कार्यक्रममा पशुविज्ञ डा. धु्रव कुमार यादव, पशु सेवा केन्द्रका प्रमुख फुलगेन यादव, कृषि ज्ञानकेन्द्रका प्रमुख भागिरथ यादव लगायतले पनि बोल्दै प्राप्त उपकरणले पशु आहाराको समुचित प्रयोग बढाउने र उत्पादन खर्च घटाउने भन्दै उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ