News Category 2076/03/08
चुरे दोहन रोक्नका लागि बृक्षारोपन आवश्यक ः राष्ट्रपति भण्डारी
राजविराज÷राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे दोहन रोक्नका लागि बृक्षारोपन गर्न जोड दिएकी छिन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीस्थित श्री जनता माध्यमिक विद्यालयद्वारा शनिबार आयोजित हिरक जयन्ती समारोह तथा अभिभावक दिवसलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले चुरे दोहन रोक्नका लागि वृक्षारोपण गर्न जोड दिएकी हुन ।
अनियन्त्रित रुपमा भइरहेको चुरे दोहन कार्यप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यसको नियन्त्रण तथा वृक्षारोपण कार्यलाई तिब्र बनाउनु पर्ने बताईन् ।
कोशी, कमला, बलान जस्ता नदि सभ्यताका रूपमा तथा बिदेह राजा जनक, बिद्वान अष्टाबक्र तथा बिदुषीहरूको तपोभुमि समेत यसै भूमिबाट रहेकोले संरक्षण र प्रबर्धन गर्नु अहिले आबश्यकता रहेको बताईन ।
तराई मधेशमा वर्षेनी बाढी, पहिरो र शितलहरले ठुलो धनजनको क्षति हुने गरेकोमा चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि सरोकारवाला सबैले समयमै पहल गर्नुपर्ने बताइन् ।
यस्तै राष्ट्रपति भण्डारीले अहिलेको शिक्षा व्यवहारिक मात्र भएको भन्दै अब प्राविधिक र व्यवसायिक शिक्षातर्फ निकायको ध्यान पुग्नु आवश्यक रहेको जिकिर गरिन् । देशबाट निरक्षरता उन्मुलन गर्न प्राविधिक र व्यवसायिक शिक्षाले ठूलो भूमिका निर्वाह गर्ने विचार व्यक्त गरिन् ।
सम्बोधन कै क्रममा उनले आफू विद्यालयसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै २२ वर्ष अघि पनि यस विद्यालयमा आएको सुनाईन् । उनले सो बेला आफू एक सर्वसाधारण भएर आएको तर, अहिले अर्कै जिम्मेवारीमा रहेको बेला आएको बताउँदै विद्यालय व्यवस्थापनलाई ठोस योजनाका साथ योजना प्रस्तुत गरेमा राष्ट्रपतिको हैसियतबाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको बताइन् ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले महिलाहरु शिक्षित नभएसम्म मुलुकको समृद्ध हुन नसक्ने भन्दै मुलुक समृद्ध बनाउन शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई शिक्षित बनाउने, छोरी जगाउने र महिला हिंसा रोक्न प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानदेखि जन्मिने छोरीको एक लाख रुपैयाँ जीवन बिमा लगायतका नयाँ कार्यक्रमहरु ल्याएको उल्लेख गरे ।
उनले यसै आर्थिक वर्षमा प्रदेश २ का १४ हजार छोरीलाई विद्यालय जान प्रेरित गर्ने उद्देश्यले साइकल प्रदान गरिने उल्लेख गर्दै अति गरिव, दलित, बिपन, आर्थिक रूपमा पछाडी परेको वालवालिकाहरूलाई बिद्यालयमा टिकाउन खाजाको ब्यबस्था र आर्थिक रूपमा कमजोर रहेका छोरीलाई बिद्यालय टिकाउन मासिक नगद ५ सय रूपैया प्रोत्साहन स्वरूप बितरण गर्ने कार्यक्रम राखेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका लागि जग्गा प्रदान गर्ने, भौतिक पूर्वाधारमा सहयोग गर्ने तथा लामो समयसम्म शिक्षण सेवा प्रदान गर्ने, व्यक्तित्वहरुलाई राष्ट्रपति भण्डारीले कदर पत्रका दोसल्ला ओढाएर सम्मान गरेकी थिईन । राष्ट्रपति भण्डारीले विद्यालयको शिलालेखको अनावरण तथा दुई तल्ले कक्षा कोठा भवनको उद्घाटन समेत गरिन ।
सो अवसरमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सांसद सरिता गिरी, राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, प्रदेश सभा सदस्य बिदेश्वर यादब, रूबी कर्ण, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, बिद्यालयका अभिभावक, शिक्षकशिक्षिका तथा बिद्याथीहरू र स्थानिय नगरवासीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ