News Category 2076/03/09
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
प्रदेश २ सरकारले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई आयश्रोत जुटाउन तथा जिविकोपार्जनका लागि एक थान उन्नत जातका दुधालु भैसी वितरण गरेको छ ।
प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको संयोजनमा आइतबार सप्तरीको मलेठबाट उक्त भैसी वितरण गर्दै कार्यक्रमको सुरुवात गरेको हो ।
२०६२ सालदेखी भएको विभिन्न समयका आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहिद तथा घाइते भएका परिवारलाई आयश्रोत जुटाउन मद्दत पु¥याउने उद्देश्यले प्रदेश २ सरकारकारले ल्याएको योजना अनुरुप सप्तरीका १८ जना सहिद परिवार तथा १६ जना घाइते परिवारलाई नगद ३० हजारसहित एक÷एक थान उन्नत जातका भैसी प्रदान गरिएको हो ।
दैनिक १० देखी १२ लिटरसम्म दुध दिने उक्त उन्नत जातका भैसीको रेखदेख, गोठ निर्माण, औषधी र आहाराका लागि नगद ३० हजार समेत प्रदान गरिएको मन्त्रालयका सचिव बिजयकान्त झाले जानकारी दिएका छन् ।
उक्त भैसी बितरण कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले सहिदहरुको सम्मान गर्दै उनीहरुको परिवारको लालनपालनका लागि निम्ति प्रदेश सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
उनले प्रदेश सरकार सहिद परिवारका एक जनालाई रोजगारीको अवसर प्रदान गरेको तथा निकट भविष्यमा उनीहरुको बालबालिकाहरुलाई विशेष छात्रबृति दिने जानकारी दिए । सहिदहरुको बलिदानीकै कारण प्रदेश सरकार गठन भएको उल्लेख गर्दै मन्त्री साहले आन्दोलनका क्रममा सहिद भएका परिवार र घाइतेहरुलाई प्रदेश सरकार अभिभावक बनेर जिविकोपार्जन गर्ने बताए ।
प्रदेश २ सरकारले आठवटै जिल्लाका ५८ जना सहिद भएका परिवारजन तथा ६४ जना आन्दोलनका क्रममा घाइते भएका गरि १ सय २२ जनालाई भैसी प्रदान गरिने मन्त्रालयका सचिव झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ