News Category 2076/03/10
सहिद परिवारलाई सहयोग जुट्दै
दैनिक समाचारदाता
राजविराज, ९ असार ।
प्रदेश सभा सदस्य बिदेश्वर यादबको संसदीय विकास कोषवाट सहिद परिवारका छोराछोरीलाई साइकल, शैक्षिक सामग्री बितरण सँगै सम्मान गरिएको छ ।
सोमवार एक कार्यक्रमबिच मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारलाई प्रदेश सभा सदस्य यादवले एक÷एक थान साईकलसहित शैक्षिक सामग्री प्रदान गरेको हो ।
मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सप्तरीका आनन्द साह, नागेश्वर यादब, राजिव राउत, रामकृष्ण राउत, रघु साफी, बिरेन्द्र राम, संजन मेहता, ईनरदेब यादब, पिताम्वर मण्डल, बिरेन्द्र मेहता र बालकृष्ण रायलगायत १२ जना सहिद परिवारका छोराछोरीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले साइकल र शैक्षिक सामग्री प्रदान गरिएको छ ।

सो अवसरमा प्रदेश सभा सदस्य यादबले शहिदहरूको बलिदानलाई सम्मान स्वरूप उनीहरूको परिवारलाई केही बजेट छुट्याईएर साईकल, सोलार, सिलिगं फ्यान र शैक्षिक सामग्री बितरण गरिएको बताए ।
प्रदेश सभा सदस्य यादबले भविष्यमा पनि सहिद परिरवारका लागि आफ्नो तर्फबाट थप सेवा र सहयोग प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
युवा सशक्तीकरण संघ सप्तरीका अध्यक्ष किसोर कुमार यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादब, दिपेन्द्र चौधरी, हरेराम यादब, बिरेन्द्र साह क्रान्ती, राजपा जिल्ला संयोजक अमरनाथ मण्डल, सहिद परिवारका सदस्य पुनम साह, नेपाल पत्रकार महासँघ सप्तरी सहसचिव चन्दनकुमार यादब लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ