News Category 2076/03/11
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन
दैनिक समाचारदाता
राजविराज, १० असार ।
विप्लव नेतृत्वको नेकपाले अह्वान गरेको बन्दले मंगलबार सप्तरीको जनजीवन पनि प्रभावित बनेको छ ।
सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विरोधमा सो बन्दको आहवान गरिएको हो ।
यता उक्त पार्टीको कुनै पनि नेता कार्यकर्ता सडकमा कतै नदेखिए पनि बन्दले यातायात र शिक्षण संस्था ठप्प बनाएको थियो । सप्तरी सदरमुकाम राजविराजबाट विहानैदेखी लामो दुरीका यातायातका साधन चलेनन् भने सरकारी र नीजी दुबै शिक्षण संस्था बन्द रहेको थियो ।
प्रहरीले धरपकड गर्ने निश्चित देखे पछि विप्लव समुहका नेता कार्यकर्ताहरु भुमिगत रुपमै आफ्ना गतिविधी संचालन गरेका थिए ।
यस्तै बन्दको प्रभाव भने पसलहरुमा परेनन् । जिल्लाको कल्याणपुर, विषणपुर, कंचनपुर, फत्तेपुर, कठौना, हनुमानगर, भारदह लगायतका प्रमुख बजारहरु खुल्ला नै थिए । तर, यातायातका साधन नचल्दा बजारमा खासै चहलपहल देखिएको थिएन् ।
यता बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीयले भने विप्लब समुहलाई वार्ताको माध्यमबाट शान्तिपुर्ण राजनीतिमा ल्याउनु पर्ने सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ