News Category 2076/03/12
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप

दैनिक समाचारदाता
राजविराज, ११ असार ।
एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित बृद्धकी एक मात्र छोरा छन् । रोजगारको सिलसिलामा बिदेशमा रहेका छोराले पठाउने रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् ।
छिमेकी साहकै आग्रहमा उनी लहान निवासी सत्यानारायण पंजियारलाई २ लाख रुँपैया ऋण दिन तयार भएकी थिइन् । यसरी ऋण वापत दिएको ठूलो रकमको सुरक्षाका लागि पंजियारसँग कागज गराउनु पर्छ भनी सुझाव दिएका साहले उल्टै अघिनिया देवीले आफ्नो नाउँमा रहेको जग्गा मध्ये १६ कठ्ठा ८ धुर जग्गा पंजियारलाई बिक्रि गरेको कागजात बनाई झुक्याएर अघिनिया देवी सँग औठा छाप लगाएका थिए । त्यसपछि साह र पंजियार सदरमुकाम राजविराजस्थित भूमी सुधार तथा मालपोत कार्यालय पुगेर नामसारी प्रक्रियामा लागेका थिए । यता ऋण दिएको कागजामा औठा छाप गरेको र अब महिने÷महिनै ब्याज आउने आशमा खुशी भएकी अघिनियाँलाई काम विशेषले मालपोत कार्यालय पुगेका सोही वडा निवासी शुभकलाल महतोले जग्गा बिक्रि गरेको भनदै जिज्ञासा राख्दा उनी छानाबाट खसे जस्तै भइन् । उनले महतोलाई आफूले कुनै जग्गा नबेचेको तथा पंजियारलाई ऋण दिएको कागजामा मात्र औठा छाप लगाएको बताएपछि किर्ते गरि जग्गा हडप्ने प्रयासको खुलासा भएको हो ।
मंगलबार मालपोत कार्यालयमा एक बृद्धालाई नक्कली अघिनियाको रुपमा प्रस्तुत गरि नामसारीको प्रयास भइरहेकै बेला अघिनियादेवीका आफन्त र शुभचिन्तकहरु पुगेपछि साह र पंजियार फरार भएका थिए । प्रहरीले खोजतलासको क्रममा साहलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ