News Category 2076/03/12
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण

दैनिक समाचारदाता
काठमाडौं, १२ असार ।
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार प्रकाशित गरेको छ ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।
तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।
त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।
यता प्रदेश २ मा ७० हजार ५ सय ६८ जना परीक्षार्थीमध्ये कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण कुल परीक्षार्थी मध्ये कुल ९३१ परीक्षार्थी ‘ए प्लस’ जीपिए ल्याउन सफल भएका छन् । जसमध्ये ६० छात्र छन् ।
यस्तै ३ हजार २५ छात्रा र १ हजार ५७० छात्रा ‘ए’ ल्याएको छन् । यस्तै ४ हजार ६९२ छात्र र २ हजार ५३३ छात्राले बी प्लस ल्याएका छन् । ८ हजार ७१३ ले ‘बी’ ल्याएका मध्ये ५ हजार २८२ छात्र छन् ।
यस्तै १२ हजार ९५ परीक्षार्थी सी प्लस ल्याएको छन् । जसमा ६ हजार ३६७ छात्र छन् । १६ हजार ४११ परीक्षार्थी सी ल्याएका मध्ये ७ हजार ८२६ छात्र छन् र बाँकी छात्रा ।
यस्तै डि प्लस ११ हजार ७७५ ल्याएका मध्ये ४ हजार ९१८ छात्र छन् । १ हजार ४५४ को रिजल्ट ‘डि’ छन् । जसमा ५२४ छात्र छन् । यस्तै सबभन्दा तल्लो स्तरको जिपिए ‘इ’ १६ सय ४ छन्, जसमा ८१५ छात्र छन् ।
यसैगरि प्रदेश १ बाट ८३ हजार ८ सय १८ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७६ जना उतीर्ण भएका छन् ।
प्रदेश ३ बाट १ लाख ६ हजार २ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । त्यसमध्ये १ लाख ५ हजार ६ जना उतीर्ण भएका छन् । गण्डकी प्रदेशबाट ४५ हजार ३ सय ६ जनाले परीक्षा दिएकोमा ४७ हजार ३ सय १९ विद्यार्थी उतीर्ण भएका छन् ।
प्रदेश ५ मा ७६ हजार ९ हजार ८३ परीक्षार्थीले सहभागी भएकोमा ७६ हजार ८ सय ४४ विद्यार्थी उतीर्ण भएका छन् । कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ जना परीक्षार्थीले परीक्षा दिएका थिए । जसमध्ये ३२ हजार ९ सय ६६ विद्यार्थी सफल भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ५३ हजार ९ सय ७२ जना परीक्षार्थीले परीक्षा दिएकोमा ५० हजार ६ सय १० विद्यार्थी उतीर्ण भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ