News Category 2076/03/12
हत्या गरिएका युवकको शवसहित प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
हत्या गरिएका एक यूवकको शवसहित बिहीबार राजविराजमा उनका आफन्तजन र स्थानियहरुले प्रदर्शन गरेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षिय जय कृष्ण विराजीलाई सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं. ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा सो प्रदर्शन गरिएको हो ।
घटनामा संलग्न रहेकाहरुलाई कानुनी कारवाहीको माँग गर्दै मृतकका आफन्त तथा स्थानियहरुले शवसहित राजविराज नगर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीको मूल ढोका अगाडी शव राखेर प्रदर्शन समेत गरे ।
प्रहरीले किटानी जाहेरीसहित मुद्दा दर्ता गर्न नमानेको भन्दै आफन्तजनले तत्काल मुद्दा दर्ता गर्न माँग गरेका छन् । उनीहरुले प्रहरी प्रशासनको रबैयाप्रति असन्तुष्टि व्यक्त गर्दै चर्को नाराबाजी समेत गरे ।
यता सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले मुद्दा दर्ता भइसकेको तथा हत्यामा संलग्न भएका सबैको पहिचान भइसकेकोले चाडै पक्राउ गरि सार्वजनिक गरिने जानकारी दिएका छन् ।
यसअघि कुटपिटबाट घाइते बिराजीलाई प्रहरीले तत्काल राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएका थिए । पछि थपउपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको र सोही अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । हत्या गरिएका बिराजी राजविराजस्थित पिसजोन स्कुलको वार्डेन इन्चार्ज पदमा कार्यरत थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ