News Category 2076/03/13
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव

दैनिक समाचारदाता
राजविराज, १३ असार ।
बैदेशिक रोजगार प्रबद्र्धनका लागी राजविराज नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरीको आयोजनामा शुक्रबार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राजविराज नगरपालिका वडा नं. १ स्थित राजदेवी माविमा सो अभिमुखीकरण सम्पन्न भएको हो ।
आयोजित कार्यक्रममा बैदेशिक रोजगारमा जानेहरुका लागी उपलब्धीमूलक तथा लाभदायीक बनाउन र बैदेशिक रोजगारमा जाने नै हो भने सीप सिकेर मात्र जान सुझाव दिइएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम, लगव तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने तथा अकालमा ज्यान गुमाउने लगायतका नकारात्मक विषयहरु गम्भिर भएकोले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउनेप्रति नगरपालिका संवेदनशिल रहेको उपप्रमुख साधना झाले बताइन् ।
सहभागिहरुले रोजगारमा गएका परिबारका सदस्यहरुले आप्mनै परिवारका सदस्यहरु पनि ठगिमा परेको र समुदायमा पनि अनेकौ समस्या तथा चुनौतीहरु दलालबाट सृजना हुने गरेको गुनासो समेत गरेका थिए ।
नेपाल सरकारले एजेन्टको व्यवस्था खारेज गरेता पनि समुदायमा दलालहरुको विगविगि रहेको स्थानिय सरकार पनि यस विषयलाई निगरानी गर्नुपर्ने आवश्यक रहेको वडा सदस्य खेलानन्द यादवले जोड दिए ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन संस्थाले गरेको प्रयास सराह्निय रहेको र काम गराई प्रभाकारी भएकोले थप सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने स्थानियहरुले प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै कार्यक्रममा वैदेशिक रोजगारीले हाम्रो समाजमा विप्रेषण भित्रिएको, आधुनिक प्रविधीको विकास तथा महिला शसक्तिकरण हुनुको साथै समुदाय स्तरमा गरिबी घटेको, जनसंख्या बृद्धिदर घटेको लगायतका सकारात्मक विषयहरुमाथी कार्यक्रममा छलफल भएको थियो ।
वडा सदस्य खेलानन्द यादवको अध्यक्षता तथा राजविराज नगरपालिकाको उपप्रमुख साधना झाको प्रमुख आतिथ्यमा आयोजित अभिमुखीकरणमा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरी, बैदेशिक रोजगारमा गएका परिवारका सदस्य, रोजगारमा जाने सम्भाबित युवा र बैदेशिक रोजगारबाट फर्केर आएकाहरुको सहभागिता रहेको थियो ।
यसअघि संस्थाले सोही नगरपालिकाको बार्ड नं. १०, १२, १४ र १५ मा समेत अभिमूखीकरण सम्पन्न गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ