News Category 2076/03/15
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सिचाईको भरपर्दो ब्यवस्था तथा पर्याप्त वर्षा नहुँदा असारको दोश्रो सातासम्म सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई भएको छ ।
जिल्लाको अधिकांश स्थानमा खेती योग्य जमिन भएपनि सिंचाईको अभाव र समयमा बर्षा नहुँदा जमिन अहिले पनि बाँझो रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कुल ७० हजार हेक्टर खेतियोग्य जमिन रहेको छ । अहिलेसम्म सप्तरी जिल्लामा २ हजार १ सय हेक्टर जमिनमा मात्र धान रोपाई भएको छ ।
जिल्लामा संचालित तीन वटै नहरमा पानीको अभाव र समयमा वर्षा नहुँदा पनि हाल सम्म ३ प्रतिशत मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत भगिरथ यादवले जानकारी दिएका छन् ।
यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरुमा अहिले सम्म पानी नछाडिएकाले समेत रोपाई गर्न समस्या भइरहेको कृषकहरुले गुनासो गरेका छन् ।
जिल्लामा रहेका तीन वटै सिंचाई प्रणालीवाट पानीको ब्यवस्था नभएपछि पम्पीसेटका भरमा अहिले सम्म धान रोपाई भएको कृषि ज्ञान केन्द्रका बरिष्ठ अधिकृत यादवको भनाई छ ।
जिल्लाको पुर्वी–दक्षिण क्षेत्रको केही जमिनमा सिंचाई भएपनि पश्चिम र उत्तरी भेगका खेतियोग्य जमिनहरु अझै बाँझै रहेको पाइएको उनले बताए ।
सप्तरीमा सिंचाई सुविधा नहुँदा जिल्लाको वोदेवरसाईन, सारस्वर, पातो, वरही विरपुर, फुलकाही, कोदरकट्टि, भुतही, मानराजा, खडकपुर, अर्नाहा, व्रहमपुर, कविलासा, मलहनीयाा, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुर लगायत पश्चिम र उत्तर क्षेत्रका तीन दर्जनभन्दा बढि गाउँमा अहिले खेती योग्य जमिनमा धान रोपाई नभएको कृषि ज्ञान केन्द्र कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पानी नहुँदा धानको विउ ब्याडमा मै सुक्न थालेको किसानहरु वताउँछन् । घामले डढेर विउ पहेंलो भएर सुक्न थालेकाले २÷४ दिनभित्र वर्षा नभए रोपाई गर्न नसकिने हनुमानगर कंकालनी नगरपालिका वडा नं. २ का कृषक लाल माझीले वताए ।
असारको पहिलो साता भएको सामान्य वर्षा र त्यसपछि हल्का बर्षाले खेतियोग्य जमिनमा प्राप्त पानी नभएकाले यस क्षेत्रका किसानले धान रोप्न नपाएको उनले गुनासो गरे ।
सुख्खा खेत हलो जोतेर पानी पर्ने आशमा वसेका किसानहरु असार महिनामा भाँसिएर काम गर्नु पर्ने हो तर, बर्षा नहुनु र नहरहरुमा पानी नछाड्नुले अहिले धुलोबाट जोगिनु पर्ने अवस्था रहेको सोही ठाउँका अर्का किसान बौवालाल माझीले बताए ।
जेठ १५ मा राखेको विउ असार १५ पुगिसक्दा पनि रोपाई हुन नसकेको कारण अहिले पम्पसेटको सहाराबाट रोपिएको धान समेत चर्को घामका कारण अहिले डढ्न थालेको किसानहरुले गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ