News Category 2076/03/16
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप

दैनिक समाचारदाता
राजविराज, १६ असार ।
नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् । पीडित जशोधियादेवीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको अयोजना गरि पछिल्लो पटक भतिजा कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको बताईन् । सो दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीकी छोरी सरस्वती समेत कुटिएकी छिन् । उनी आमालाई जोगाउने क्रममा कमलदेवबाट कुटिएकी हुन् ।
पत्रकार सम्मेलनमा जशोधियादेवीले भनिन, “पछिल्लो पटक शनिबार मलाई कुटपिट गरिरहँदा छोरीले बचाउन खोज्दा भतिजाले छोरीलाई समेत कुटपिट ग¥यो, कुटपिटबाट छोरी गम्भिर घाइते भईन्, उनलाई स्थानिय अस्पतालदेखी बिराटनगरसम्म उपचार गराउनु प¥यो ।”
कुटपिटको विषयमा वडा कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसमक्ष पुग्दा कतैबाट उनीमाथी कारवाहीको पहल हुन नसकेको उनको भनाई छ । बोक्सीको आरोप लगाएर कुटपिट गर्ने हवल्दार यादवमाथी प्रहरीमा निवेदन दर्ता गर्न खोज्दा नमानेको समेत उनको आरोप छ ।
उनले भनिन्, “मलाई कुट्दा म सहेर बस्थे तर, पछिल्लो पटक मेरो छोरी समेतलाई कुटपिट गर्दै घाइते बनाएपछि म सहन सकिन्न् अनि वडा कार्यालय, स्थानिय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सम्म पुग्दा कतै न्याय नपाएपछि बाध्य भई संचारकर्मी माझ आउनु प¥यो ।”
जशोधियादेवीको एक छोरा र बुहारी रहेकोमा हाल उनी बुहारीसँगै बस्दै आएकी छिन । छोरा भने बैदेशिक रोजगारमा छन् । काठमाडौंमा कार्यरत प्रहरी हवल्दार कमलदेव भने बिदामा गाउँमा आएको बेला बोक्सी भनेर कुटपिट गर्दै आएको जशोधियादेवीको आरोप छ ।
यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता भावेश रिमालले घटना बारे बास्तविकता बुझ्न दुबै पक्षलाई बोलाइएको जानकारी दिदै दोषि पाइएकालाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ