News Category 2076/03/18
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
दैनिक समाचारदाता
राजविराज, १७ असार ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउन सबै सरोकारवाला तथा जनप्रतिनीधिहरुको सामाजिक दायित्व रहेको बताएका छन् ।
नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा मंगलबार आयोजित वैदेशिक रोजगार प्रवद्र्धनको लागि समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ।
उनले वैदेशिक रोजगारको सकारात्मक प्रभावसंगै रोजगारीमा जाने युवाहरु दलाललाई अत्यधिक विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, भनेको काम तथा सुविधाहरु नपाईने, सीप नसिकी जाने कारणले गर्दा अकालमै ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरे ।
प्रमुख साहले बैदेशिक रोजगार जानु पूर्व सबैतर्फबाट सहयोग तथा सूचना आदान प्रदान र सम्बन्धीत निकायबाट आवश्यक सुझाव लिएर गएमात्र रोजगारी सुरक्षित हुने जिकिर गरे ।
त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले वैदेशिक रोजगारका क्रममा आउने समस्या तथा ठगिने प्रबृती दलालहरुबाट हुने गरेको बताए । उनले समुदायका व्यक्तिहरु आफु पनि ध्यान नदिनु, सीप नसिकी वैदेशिक रोजगारीमा जानु, सूचना नलिई जानु र नेपाल सरकारको निगरानी स्थानीय स्तरमा नहुनु लगायतका समस्याका कारण सुरक्षित बैदेशिक रोजगारी नभएको उल्लेख गरे । उनले वैदेशिक रोजगारमा जाने युवाहरु सचेत हुनुपर्नेमा जोड समेत दिए ।
आयोजित कार्यक्रममा युवाहरु वैदेशिक रोजगारीमा गई फर्केका र परिवारका सदस्यहरु वैदेशिक रोजगारमा प्रत्यक्ष संलग्न भएपनि नेपाल सरकारले अवलम्वन गरेका आधारभुत कानुनी कागजातहरु बारे जानकारीको अभाव रहेको पाइएको जनाइएको छ ।
सहभागि भएका जनप्रतिनीधिहरुले आप्mनै परिवारका सदस्यहरु पनि ठगिमा परेको र समुदायमापनि अनेकौ समस्या तथा चुनौतीहरु दलालबाट सृजना हुने गरेको गुनासो समेत गरे । नेपाल सरकारले एजेन्टको व्यवस्था खारेज गरे पनि समुदायमा दलालहरुको विगविगि रहेकोले स्थानिय सरकारले यसलाई गम्भिरतापूवर्क लिनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
यता सहभागि भएका २८ जना परिवारबाट ३४ जना वैदेशिक रोजगारीमा काम गर्दै आएको तर, घर परिवारमा कागजात नराखेको पाईएको कार्यक्रमलाई सहजिकरण गरेका सुरक्षित आप्रवासन परियोजनाका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए ।
संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शुवर्ण घिमिरे, वडा नं. १ का अध्यक्ष विजयकुमार चौधरी, वडा नं. ८ का अध्यक्ष उमेश यादव, वडा सदस्य छोटेलाल साहलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ