News Category 2076/03/19
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव

दैनिक समाचारदाता
राजविराज, १८ असार ।
सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रले आफ्नो ३२ औं वार्षिकोत्सव बुधबार मनाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन समितिको आयोजनामा मनाइएको वार्षिकोत्सवको अवसरमा वक्ताहरुले औद्योगिक क्षेत्रमा विगत भन्दा राम्रो व्यवस्थापन भएको बताएका छन् ।
सो अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्योग संचालनमा उद्योगिहरुलाई कुनै कठिनाई आए गाउँपालिकाले सहजिकरण गरेर त्यसलाई निराकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगका संचालकहरुले उद्योग धन्दाका लागि अहिले पनि व्यापक सुधारको खाँचो रहेको औल्याएका छन् । त्यहा संचालनमा रहेको मिलन डेरीका संचालक मिलन सिंहले पानीको व्यवस्थापन, औद्योगिक सुरक्षा बलको स्थापना, पानी निकासीको व्यवस्था लगायतका समस्याहरु समाधान भए उद्योगहरु संचालनमा सजिलो हुने बताए ।
औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख दिपक आचार्यको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सवमा त्यहा संचालनमा रहेका उद्योगहरुको संचालक, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, संचारकर्मी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, नायब सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
बि.स. २०४४ सालमा भारतीय सहयोगमा शिलान्यस भएको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र २ सय ९४ रोपनी (साढे २२ विघा) मा फैलिएको छ । त्यसपछि २०५१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरिसकेपछि यसमा ९ वटा उद्योगहरु संचालनमा आएका थिए । पटक पटक उद्योग बिहीन बन्दै आएको सो औद्योगिक क्षेत्रमा हाल नयाँ र पुराना गरि झण्डै एक दर्जन उद्योगहरु संचालनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ