News Category 2076/03/22
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग

दैनिक समाचारदाता
राजविराज, २२ असार ।
नेपालको सबैभन्दा पुरानो, ठुलो र अग्रणी राजविराजस्थित मविव क्याम्पसमा अनेरास्ववियुले आइतबार विभिन्न २१ बुँदे माँग राख्दै पाँच दिन भित्र ती माँगहरु सार्वजनिक गर्न क्याम्पस प्रशासनलाई माँग पत्र बुझाएको छ ।
अनेरास्ववियुका ललित नारायण रजक र रंजित मंडलद्वारा हस्ताक्षरित सो माँग पत्रमा जिम्मेवार पदाधिकारीहरुको गैरजिम्मेवार भुमिकाहरुका कारण क्याम्पस ध्वस्त बनाउने कारक बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरिएको छ ।
सो माँग पत्रमा विद्यार्थीहरुको नामबाट उठाइएको विकास शुल्क तथा विश्वविद्यालय अनुदान आयोग र त्रि.वि.बाट आएको विकास निर्माणको रकमबाट भएको विकास निर्माण कामकाज जस्तै माँ सरस्वती मन्दिर, कभर्ड हल, प्रशासनिक भवन, बाहिरी ढलान सडक, ल्याव व्यवस्थापन, पानी पाइप जडान कार्य, टेण्डर प्रक्रिया लगायत अन्य विकास निर्माणको कामकाजमा व्यापक रुपमा भ्रष्टाचार भएको ठहर गर्दै कसरी काम भएको हो तथा विल भरपाई समेतको बारे सार्वजनिक रुपमा विद्यार्थी प्रतिनिधी तथा सम्बन्धित सवै पक्षलाई जानकारी गराउन माँग गरिएको छ ।
त्यस्तै त्रि.वि.को तलब, भत्ता खाएर पदीय जिम्मेवारी अनुरुपको कामकाज नगर्ने शिक्षक र कर्मचारीहरुलाई कारवाही गरिनुपर्ने र पदीय जिम्मेवारी अनुरुप कामकाजमा लगाउनुपर्ने, स्ववियु चुनाव हुन नसेकेको अवस्थामा विद्यार्थी संगठनलाई अनिवार्य रुपमा क्याम्पसको हरेक निर्णय प्रक्रियाका साथै विद्यार्थीको लागि हुने विकासीय कामकाजमा सहभागी गराउनुपर्ने लगायतका २१ बुँदे माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ