News Category 2076/03/22
तीन बालबालिका अझै वेपत्ता
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी रोशना खातुनकी तीन सन्तान अझै वेपत्ता छन् ।
पति तैयवसँग विवाद हुँदा शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित सप्तकोशी नदीमा हामफालेकी थिइन् ।
रोशना र उनका ४ वर्षिय छोरा मो. तहसिलको शनिबार प्रहरीले जिवित्तै उद्दार गरेपनि उनको २ र ३ वर्षिय छोरा तथा ६ वर्षिया छोरी अझै वेपत्ता छिन् ।
शुक्रबार देखिनै कंचनपुर प्रहरी कार्यालय सप्तरीका डिएसपी मकेन्द्र मिश्रको नेतृत्वको सुरक्षाकर्मीको टोली तथा गोताखोर टोलीद्वारा वेपत्ता तीन जनाको खोजी कार्य तिब्र बनाइएपनि आइतबार साँझसम्म सफलता हात नलागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तकोशी नदीमा दुई दिनयता पानीको वहाव उच्च रहेकोले बालबालिकालाई खोज्न कठिन बन्दै गएको डिएसपी मिश्रले बताए । सप्तकोशीमा अहिले पानीको उच्च बहाव देखिएको छ, डिएसपी मिश्रले भने, “त्यही उच्च बहावले बगाएर धेरै टाढासम्म पु¥याएको हुन सक्ने अनुमानसहित घटनास्थल आसपास तथा धेरै टाढासम्म सुरक्षाकर्मी र गोताखोर टोली खोजिका लागि परिचालित गरेका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ