News Category 2076/03/24
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
दिनहु जसो हुने सवारीसाधनको दुर्घटनालाई न्युनिकरण गर्दै मानविय क्षतिलाई कम गर्न उद्देश्यले राजविराज जनचेतनामूलक रयालीको आयोजना गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र राजबिराज ट्राफिकको आयोजनामा समुदाय ट्राफिक प्रहरी साझेदारी अभियान अन्तर्गत सोमबार राजविराजमा सर्वसधारणका लागि एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिएको छ ।
ट्राफिक कार्यालय राजबिराजवाट निकालिएको जनचेतनामुलक ¥याली राजबिराजको रूपनी बसस्टेनदेखी गजेन्द्र चौक, दशन चौक, अदालत लाईनहुँदै पुनः गजेन्द्र चौकमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार रामले अब्यबस्थित पार्किंङ्ग र सर्वसधारणलाई ट्राफिकको ज्ञान नभएको कारण दुर्घटना हुने गरेकोले सुरक्षित रूपमा सवारीसाधनको प्रयोग गर्न आग्रह गरे ।
सो अवसरमा शम्भुनाथ ट्राफिक कार्यालयका ईन्चार्ज एवं ईन्सपेक्टर छबिरमण भटराईले सवारी साधनको जथाभाबी पार्किङ्ग, बिना हेल्मेट मोटरसाईकल चलाउदाँ र मादक पदार्थ सेवन गर्दा गाडी चलाउदाँ दुर्घटना हुने बताए ।
उनले भने हेल्मेट प्रहरीसँग बच्नका लागि नभई आप्mनो परिवार र प्रियजनसँग भेटका लागि लगाउन आग्रह गर्दै मोटरसाईकलमा तीन जना चढी यात्रा नगर्ने आग्रह समेत गरे ।
अकाल मृत्यु हुनवाट जोगिन, सवारीसाधन चलाउदाँ हेल्मेट प्रयोग गर्ने, मादक पदार्थ सेवन गरि सवारी नचलाउने, तोकिएको स्थानमा मात्र सवारी पार्किङ्ग गर्ने, पैदल यात्रीले सडकको पेटी प्रयोग गर्ने, सवारीसाधान चलाउदाँ सिट वेलटको प्रयोग गर्ने, सुरक्षित ड्राईभिङगले तपाईको जीवन बचाउने भएको सुरक्षित भएर यात्रा गर्न जनचेतनामूलक कार्यक्रम गरेको राजबिराज ट्राफिक ईन्चार्ज नन्दकिशोर मण्डलले जानकारी गराए ।
सो अवसरमा अखिल मजदुर ट्रेड युनियन अध्यक्ष केदार देव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार चन्दन कुमार यादब, यातायाता संघ, टेम्पु मजदुर सँघ तथा बिद्याथीहरूले ट्राफिक ब्यबस्थापनलाई ब्यबस्थित गर्न स्थानिय सरकार तथा सर्वसधारण बिना पार्किङ्ग ब्यबस्थित गर्न नसक्ने भएकोले सबैको सहयोग अपरिहार्य रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ