News Category 2076/03/24
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
दैनिक समाचारदाता
राजविराज, २४ असार ।
गजेन्द्र नारायण सिंह अस्पतालद्वारा संचालनमा ल्याइएको सामाजिक सेवा इकाई कार्यक्रमबाट हालसम्म २ सय ३५ जना बिरामी लाभान्वित भएका छन् ।
गरिब, असहाय, वेवारिसे, अशक्त, सहिद परिवार तथा ज्येष्ठ नागरिक लगायतका बिरामीहरुको स्वास्थ्य सेवामा न्युनतम पहुँच गराउने उद्देश्यले सो कायक्रम संचालनमा ल्याइएको जनाइएको छ ।
अस्पताल प्रशासनले मंगलबार सामाजिक सेवा ईकाइ कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार कार्यक्रम लागु भएको मितिदेखी हालसम्मको अवधीमा लक्षित समूहका २ सय ३५ जना बिरामी लाभान्वित भएको जनाएको छ ।
अतिगरिब, गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वंयमसेविका, प्राकृतिक प्रकोपमा परेका, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, वेवारिसे तथा लोपोन्मूख जातीका बिरामीलाई निशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गत १२ चैतदेखी सो अस्पतालले सामाजिक सेवा ईकाइ कार्यक्रम संचालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
सेवा सूचारु भएको मितिदेखी मंगलबारसम्ममा लक्षित समूहका १ सय १६ महिला र १ सय १९ पुरुषगरि २ सय ३५ जना बिरामीले निशुल्क र आंशिक छुटमा उपचार सेवा प्राप्त गरेको डा. दासले जानकारी दिए । कार्यक्रम अन्तरगत ५८ जना जेष्ठ नागरिक, २९ जना कुपोषित बालबालिका, १० जना थुनुवा, ६ जना असक्त, ५ जना लैङ्गिक हिंसामा परेका तथा १ सय २७ जना गरिब, अतिगरिब र असहाय उपचार सेवा पाई लाभान्वित भएको उनले जानकारी दिए ।
यसरी उपचार सेवा प्रदान गर्ने क्रममा औषधी र विभिन्न खाले जाँचमा अस्पतालले १ लाख ४१ हजार ९ सय ७२ रुपैया लगानी गरेको सामाजिक सेवा ईकाइका उपप्रमुख सूर्यकान्त झाले बताए । सेवा प्रभावकारी र निष्पक्ष बनाउन तथा लक्षित समूहको बिरामीको पहिचान गर्न अस्पताल प्रशासनले अस्पताल तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित एउटा छुट्टै समिति गठन गरि सेवालाई निरन्तरता दिएको छ ।
लक्षित समूहलाई १२ चैतदेखी सो सेवा प्रदान गर्न सुरु गरिएको सो कार्यक्रमको उद्घाटन भने गत १८ असारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरेका थिए । उनको कार्यव्यस्तताका कारण ढिलो गरि कार्यक्रमको उद्घाटन गरिएको मेसु डा. दासको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ