News Category 2076/03/25
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि महामारी प्रकोप ब्यबस्थापन तथा पुर्व तयारी सम्बन्धी एक दिने बहुनिकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वास्थ सेवा बिभाग अन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा तथा जनस्वास्थ कार्यालय सप्तरीको संयोजनमा बुधबार आयोजित अन्तरक्रियामा बिपदको वेला महामारी हुन नदिन तथा प्रकोपवाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ ।
स्वास्थ सेवा बिभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका जनस्वास्थ अधिकृत रेशम लामिछानेले सबै स्थानिय तहले बिपदको बेला जनस्वास्थ ब्यबस्थापन उपसमिति बनाई कार्ययोजना बनाएर प्रतिकार्य टोली तैयारीका परिचालन हुन आग्रह गरे ।
सो अवसरमा गजेन्द्र नारायण सिह अस्पतालका मेसु डा. चुमनलाल दासले बाढीको समयमा महामारीको प्रकोपहरू बढ्ने भएकोले सम्बन्धी स्थानिय सरकार अन्तर्गतका स्वास्थ्यकर्मीहरूले बिपदको वेला ब्याक प्याक बनाएर हिडनुपर्ने सुझाव दिए ।
जनस्वास्थ कार्यालय सप्तरी प्रमुख निरन्जन यादबको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षा बिकास समन्वय ईकाई प्रमुख फणिन्द्र खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादब, कोशी पीडित समाजका निर्देशक देब नारायण यादब, राजबिराज नगरपालिका स्वास्थ संयोजक रामनारायण देब, सहसंयोजक शोभा कुमारी साह, जनस्वास्थ कार्यालयका आलोक यादब, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब लगायतले बाढी, बिपदको वेला सबै स्थानिय सरकार तथा सरोकारवाला निकायहरू आ–आफनो क्षेत्रमा पुर्व तैयारीका साथ प्रतिकार्यका लागी परिचालन हुनुपर्नेमा जोड दिएका थिए ।
उक्त अन्तरक्रियामा खानेपानी सरसफाई डिभिजन, कृषि ज्ञान केन्द्र, राजबिराज नगरपालिका, सप्तकोशी नगरपालिका, कंचनरूप नगरपालिका, सप्तरी रेडक्रस सोसाईटी, कोशी पीडित समाज, विभिन्न गापा र नपाका स्वास्थ संयोजकहरूको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ