News Category 2076/03/27
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
लगातारको वर्षाले सप्तरी जिल्लाको अधिकांश क्षेत्र जलमग्न सँगै जनजिवन प्रभावित बनेको छ । गत शनिबारदेखि मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहदा सप्तरी समेत प्रभावित भएको छ ।
यता दुई दिनदेखीको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ भने खतरा सम्बन्धी संकेत स्वरुप कोशी ब्यारेजमा रातो झण्डा सँगै रातो बत्ती बालिएको छ ।
शुक्रबार दिउँसो ६ बजेसम्म सप्तकोशी नदीमा पानीको वहाव १ लाख ७२ हजार ६ सय २५ क्वीसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो झण्डा र रातो बत्ति बाल्ने गरिन्छ ।
पानीको बहाव बढ्दै गएपछि स्थानिय प्रशासनले नदी किनार आसपासका स्थानियहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
निरन्तरको वर्षालाई मध्ये नजर गर्दै स्थानिय प्रशासन राहत र उद्दारका लागि तैयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।
यता पाँच दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण शुक्रबार बिहानसम्म राजबिराजका विभिन्न वडा जलमग्न भएको छ भने जिल्लाको दक्षिणी तिलाठी कोइलाडीको बेल्ही बढी प्रभावित भएको छ ।
वर्षाले जिल्ला प्रहरी कार्यालय सप्तरी, राजबिराजको गजेन्द्र चौक, हटिया, मालपोत कार्यालय जलमग्न भएको छ भने राजबिराज नगरपालिका, बालमन्दिर, अदालत लाईन, राजदेबी मन्दिर, भगवती मन्दिर, थानगाछी, तेतरी गाछी, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणत भएको छ ।
पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

वर्षाका कारण तिलाठी कोईलाडी, हनुमाननगर कंकालनी नगरपालिका, रूपनी गाउपालिका, क्षेत्रका जलमग्न हुनुका साथै केही घरहरुमा पानी पसेको छ । यस्तै अविरल वर्षाले सप्तरीको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर गाउँ डुबानमा परेका छन् ।
नदी र खोलामा आएको बाढीले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेका छन् । खाडो नदीको पानीको सतह बढेर बाढि पस्दा बेल्ही तिलाठी डुबानमा परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ